२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर रेडक्रसको बजेट तीन करोड

२०७४, ८ फाल्गुन मंगलवार ०७:१६

फागुन ८, नगरकोट | नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औं जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । 

शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५÷७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो । 

कार्यक्रमको उद्घाटन गर्नुहँुदै सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी देशभरी आफ्नो पहिचान राखेको बताउनुभयो । सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउँदै उहाँले भक्तपुर रेडक्रसले रक्तसञ्चार सेवामार्फत देशैभरी ख्याति कमाएको बताउनुभयो । 

“पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममा नेपाल रेडक्रससँग स्थानीय तथा केन्द्रीय सरकार सधँै सहकार्य गर्न तत्पर छ,” उहाँले भन्नुभयो । 

नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजितकुमार शर्माले मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस अनुकरणीय र उदारणीय कार्य गर्न सफल भएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भक्तपुरले भूकम्प पूर्वतयारीको कार्यक्रम नमूनाको रुपमा सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस