2026-09-18 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङका आगलागीपीडितलाई आर्थिक सहयोग

फागुन ८, ताप्लेजुङ | आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । 

गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा घर गुमाएका स्थानीयवासी देवमान यक्सो, रुपनारायण यक्सो र विकल्प यक्सोको परिवारलाई रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो । 

सोमबार एक कार्यक्रमबीच प्रतिपरिवारलाई रु एक लाख ७२ हजार ६१० का दरले सहयोग रकम प्रदान गरिएको हो । उक्त सहयोग रकम संस्थाका अध्यक्ष हर्क यक्सो र संरक्षक लक्ष्मीबहादुर यक्सोले संयुक्त रुपमा बसोबासस्थलमा नै पुगेर हस्तान्तरण गर्नुभएको थियो । 

यक्सो बृहत् एकता समाज ताप्लेजुङको सक्रियतामा सुनसरी, मोरङ, विराटनगर र झापाबाट रु ५७ हजार, धरान हाङ्पाङ समाजबाट रु २५ हजार, सान्थाक्राबाट रु २० हजार, मलेसियाबाट रु ३३ हजार, कतारबाट रु १५ हजार, हाम्पाङबाट रु १८ हजार र हङ्कङबाट रु तीन लाख ४७ हजार संकलन गरिएको समाजले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई