२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संग्रहालयमा एक सय वर्ष पुराना तस्वीर

२०७४, ९ फाल्गुन बुधबार १०:५८

फागुन ९, चितवन | चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सयवर्ष पुराना फोटो संग्रह गरिएको छ । 

संग्रहायलका संरक्षण वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलन अघिका तस्वीर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन् । थारुका रहनसहन र हस्तकलाका तस्वीर पनि ल्याइएको छ । 

दीर्घमान फाउण्डेसनका किरण चित्रकार र अष्ट्रेलियन विश्वविद्यालय, अमेरिकाको विश्वविद्यालय र युएसएडमार्फत तस्वीर उपलव्ध भएका हुन् । 

फोटो ल्याउनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गरेको संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । केही किनेर र केही निःशुल्कमा तस्वीर ल्याइएको हो । 

अन्य तस्वीर निःशुल्क रुपमा फोटो खिच्न नपाउने गरी प्रदर्शनका लागि मात्रै दिइएको चौधरीले जानकारी दिनुभयो । यहाँ करिब १०६ वर्ष अघिसम्मका तस्वीर रहेका छन् । उहाँका अनुसार यहाँ अहिले ४८ वटा तस्वीर ल्याएर राखिएको छ । अझै यस्ता ऐतिहासिक चिज संग्रहालयमा ल्याइने उहाँले बताउनुभयो । 

एक सयवर्षअघि थारु समुदायले जंगलबाट नियन्त्रणमा लिएर हात्ती पाल्थे । त्यही हात्तीमा चढेर राणा तथा राजाहरुले शिकार गर्थे । चितवनको रत्ननगरस्थित सौराहामा रहेको उक्त संग्रहालयमा थारु जातीको रहनसहन, वेषभूषा, मौलिक क्रियाकलाप, औजार प्रतिमा र तस्वीर बनाएर राखिएको छ । यहाँ पर्यटक शुल्क तिरेर अवलोकन गर्न आउछन् । यहाँको आदिवासी समुदाय थारुको पहिचान नहराओस् भनेर २०६२ सालमा संग्रहालय खोलिएको हो । यहाँ वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक आउने गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा