२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

काँग्रेस संगठित हुनुको विकल्प छैन: महामन्त्री कोइराला

११ फाल्गुन २०७४, शुक्रबार ०६:१३

फागुन ११, लमजुङ | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उहाँको दाबी थियो । 

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आउनुभएका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उहाँले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गर्नुभयो । 

“काँग्रेसलाई जनमत पटक्कै नभएको हैन” कोइरालाले भन्नुभयो “जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ ।” 

स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै