2026-10-18 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सिमलपानीमा पुर्जा वितरण

फागुन ११, अर्घाखाँची | अर्घाखाँचीको शीतगंगा नगरपालिकाको सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु गरिएको छ । आज प्रभाकर माविमा कार्यक्रमको आयोजना गरी नगरको वडा नम्बर १३ र १४ का एक हजार एक सय ४० जग्गाधनीको पुर्जा बाड्न थालिएको हो । 

विशेष नापी कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश ५ का सदस्य रामजीप्रसाद घिमिरेले पुर्जा जग्गाधनीको हातमा थमाएपछि वितरण शुरु भएको हो । २०५९ र ०६१ मा तत्कालिन विद्रोही माओवादीले सदरमुकाम आक्रमण गर्दा नापी कार्यालयका सम्पूर्ण कागजपत्र जलेर नष्ट भएपछि डेढ दशकसम्म जिल्ला नक्सा विहीन भएको थियो । कार्यक्रममा घिमिरे पुर्जा पाएपछि जग्गाधनीलाई सविधा भएको भन्दै अब गाउँका खेतबारीमा उत्पादन बढाउनुपर्ने बताउनुभयो । उहाले मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट गाउलाई उत्पादनमा आत्मनिर्भर बनाएर नेपाललाई सम्बृद्ध र विकसित राष्ट बनाउनुपर्ने धाराण राख्नुभयो ।

कार्यक्रममा शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले नगरलाई सम्बृद्ध बनाउनेतर्फ आफनो ध्यान रहेकाले अब कृषि र पशुमा आधुनिकीरण गरेर सम्बृद्ध नगर बनाउने योजनामा आफु रहेको बताउनुभयो । उपप्रमुख टीका रेश्मीले नगरभित्रका खेतीयोग्य जग्गा बाँझो राख्नेलाई सरकारी सुविधाबाट वञ्चित गरिने बताउनुभयो । कान्तिपुर दैनिकका उप–सम्पादक वीरेन्द्र केसी, शीतगंगा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष दामोदर न्यौपाने र १३ का अध्यक्ष दुर्गा विसी, नेपाल टेलिभिजनका पत्रकार मुक्तिनाथ भुसाल नाप नक्शा बनाउन खटिने कार्मचारीलाई बधाई सहित नगरलाई सम्बृद्ध बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा विशेष नापी कार्यालयका प्रमुख नापी अधिकृत उमेश कुमारको अध्यक्षता, लेखापाल गोविन्दराज पौडेलको सञ्चालन र टोली प्रमुख राम उदार यावदको स्वागतमा सम्पन्न कार्यक्रममा सिपलपानीका गाउँ–गाउँबाट घण्टौ पैदल हिडेर जग्गाधनी आएका थिए । १२ र १३ छेडाबजार, १४ गते पावरमा पुर्जा वितरण गरिने विशेष नापी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु