२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

२०७४, १३ फाल्गुन आईतवार ०३:४१

फागुन १३, कञ्चनपुर | माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । 

अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ । 

उहाँले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा कानून बनाउने बताउनुभयो । सरकारले कानून बनाएर मात्र यस्ता अपराध घटने होइन उहाँले भन्नुभयो, “ कानून कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई समेत हामी कडा निर्देशन दिन्छौँ ।” 

मुख्य मन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय सरकारसँग पहल गरेर हेल्प डेस्कको स्थापना गर्ने बताउनुभयो । महाकालीदेखि मेचीसम्मका सात ठाउँमा जनचेतनासम्बन्धी कार्यक्रम गरिने अभियानको नारा ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखनविरुद्ध गरौँ खबरदारी’ भन्ने रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै