२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

१३ फाल्गुन २०७४, आईतवार ०३:५०

फागुन १३, डडेल्धुरा (रासस) | डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ । 

प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाको लगानीमा विभिन्न प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पुर्याउने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीकुमारी भट्टले जानकारी गराउनुभयो । 

हरेक वर्ष गाउँपालिकाका उत्कृष्ट दुई र दलित, जनजाती र महिला कोटाबाट गरी पाँच जना बालबालिकालाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि गाउँपालिकाले लगानी गर्ने निर्णय गरेको अध्यक्ष भट्टको भनाइ रहेको छ । विपन्न परिवारका मानिसले २१औँ शताब्दीमा पनि आफ्ना बालबालिकाको इच्छा हुँदाहुँदै पनि गरिबीका कारण प्राविधिक शिक्षा अध्ययन गराउन नसकेको अवस्थामा गाउँपालिकाले पहिलो पटक उत्कृष्ट जेहेन्दार विपन्न परिवारका विद्यार्थीलाई करिब रु १० लाखको लगानी गरी उक्त शिक्षा पढाउनमा सहयोग गर्ने भागेश्वर गाउँपालिकाले राससलाई बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो