Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-08-29 11:11 AM
अर्घाखाँची - AGK

गायिका जलजलाको उपचारका लागि सहयोग

फागुन १३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क घर भएकी गायिका जलजला परियारलाई उपचारका लागि दक्षिण कोरियामा काम गर्दैआएका अर्घाखाँचीवासीले सहयोग गरेको छ । 

मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् । ‘नेपाली तारा सिजन–३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा स्वर भरेकी छन् । उनका ‘केही कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् । 
चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’ भन्ने यो गीतले उनलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो । तर अहिले उनै गायिका अस्पतालको शय्याबाट जीवनको याचना गरिरहेकी छिन् । 
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई रु एक लाख १३ हजार ३५० सहयोग रकम हस्तान्तरण गरेको छ । 
कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरी हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिनुभयो । 
गायिका परियारलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभावका कारण समस्या परेको भन्ने खबर पाएपछि नेपालीसँग रकम संकलन गरिएको उहाँले बताउनुभयो । संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलबासेमार्फत हस्तान्तरण गरिएको हो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो