2026-08-31 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो

नारायण ढुंगाना / फागुन १३, चितवन | चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।

अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । 

उहाँले अहिले गाउँगाउँमा २÷३ महिनाका लागि नयाँ सुराकीहरु थपेर सूचना संकलनको काम समेत थालिएको जानकारी दिनुभयो । 

अहिलेको मौसममा जंगलको टाढासम्म वन्यजन्तुहरु देक्न सकिन्छ । झाडीहरु सुकेकाले पनि चोरी शिकारीहरु सल्बलाउन सक्छन् । वन्यजन्तुहरु शीतल खोज्दै पानीको नजिक आउने क्रम शुरु भएकाले यसलाई ध्यानमा राखेर सुरक्षा चुस्त पारी गस्ती बढाइएको ढकालले बताउनुभयो । विगतको अभिलेख अनुसार पनि यो मौसममा जंगली जनावरविरुद्ध तस्करहरु सक्रिय भएका उदाहरणहरु छन् । 

“खाली ठाउँ, संवेदनशील क्षेत्र पहिचान गरी अस्थायी क्याम्पहरु समेत निर्माण गरेका छौं, साविकको गस्तीमा थप गरेर सुरक्षामा कडाइ गरिएको छ,” ढकालले भन्नुभयो, “सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं ।” 

विगतको अभिलेखअनुसार फागुन, चैत र बैशाख महिनामा गैंडाको चोरी शिकार हुनेगरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । 

विसं २०७१ वैशाख १९ गते पश्चिम चितवनको ध्रब नजिकै गैंडालाई तस्करले मारेर खाग लगेको थियो । त्यसपछि निकुञ्जले सुरक्षा व्यवस्था कडा गरेको थियो जसको परिणाम स्वरुप १ हजार ७१ दिनसम्म शून्य चोरी शिकार वर्ष मनाइयो । 

फेरि २०७३ चैत २५ गते तस्करले जगतपुरस्थित वेलहट्ठा हरियाली सामुदायिक वनमा अर्काे गैंडा मारेर खाग लग्यो । यो र यसअघिका घटना पनि यही मौसममा तस्करी भएको छ । 

स्थानीयवासीसँग मिलेर बटुक दल गणका सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती, स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्ट लगायतका प्रविधिको प्रयोग गरेर संरक्षणमा कडाइ गरिएको छ । खाली ठाउँ पहिचान गरेर अस्थायी मचान निर्माण गरी रात्रि गस्ती तथा समुदायसँग मिलेर सूचना संकलनलाई समेत प्रभावकारी बनाइएको निकुञ्जले जनाएको छ । 

नेपालकै पहिला संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा दुर्लभ एकसिंगे गैंडा र १२० वटा पाटे बाघ रहेको अभिलेख छ । 

थारु संग्रहालय घुम्ने पर्यटक न्यून 

रत्ननगरस्थित सौराहामा स्थापना गरिएको ऐतिहासिक महत्वको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा सोचे अनुसार पर्यटक आएका छैनन् । 

सौराहामा कम्तीमा दैनिक २००÷३०० पर्यटक भित्रिने गरेपनि संग्रहालयमा न्यून मात्रामा पर्यटक आउने गरेका छन् । आदिवासी थारुहरुको मौलिक रहनसहन तथा वेशभूषा संग्रह गरिएको संग्रहालयमा न्यून पर्यटक आउँदा सञ्चालन मै कठिनाइ भैरहेको संग्रहालयका संरक्षण वासुदेव चौधरी बताउनुहुन्छ । 

सौराहामा आएका पर्यटकहरुमध्ये केही होटलले मात्रै संग्रहालय घुमाउने गरेका छन् । अधिकाँश होटलहरुले पर्यटकलाई संग्रहालय नै नलगी फर्काउने गरेकाले पनि पर्यटकको संख्यामा कमी आएको चौधरी बताउनुहून्छ । 

अहिले संग्रहालयमा दैनिक २०÷३० जना पर्यटक आउँछन् । कुनै बेला समूहमा आएका पर्यटक घुम्ने क्रममा भने एक सयसम्म आउने गरेको भएपनि संग्रहालयमा सोचे अनुसार पर्यटक आएका छैनन् । 

यहाँ आएका नेपाली पर्यटकलाई जनही ३० र विदेशीलाई रु ५० लिने गरिएको छ । यहाँको आदिवासी समुदाय थारुहरुको पहिचान नहराओस् भनेर २०६२ सालमा संग्रहालय खोलिएको हो । अघिल्लो वर्ष संग्रहालयले करिव रु १ लाखको हाराहारीमा कारोबार गरेको छ । 

संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरी संग्रहालयको महत्व बढाउन र पर्यटक बढी भित्र्याउन एकसय बर्ष अघिका महत्वपूर्ण तस्वीरहरुको संग्रह गर्ने अभियान थालिएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै