२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

१४ फाल्गुन २०७४, सोमबार ०६:५८

फागुन १४, चितवन | होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो । 

होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन र अनियन्त्रित कार्य गर्नेलाई नियन्त्रणमा लिन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । 

मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न चारवटा रणनीति अपनाइएको उक्त कार्यालयले छ । 

होलीको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालनबाहेक महानगरको बजार क्षेत्रमा २४ स्थानमा विशेष सुरक्षा सेवा राखिने मातहतसहित १० वटा गस्ती टोली परिचालन गरिने, ११ स्थानमा ट्राफिकसहितको विशेष जाँच गरिने र सूचना संकलनका लागि सादा पोशाकका प्रहरीलाई बजार क्षेत्रमा परिचालन गरिने छ । 

अघिल्ला वर्ष होली पर्वमा मादक पदार्थ सेवन गरेर उच्छृङ्खल गतिविधि गर्नेलाई सम्झाई–बुझाई पठाइने गरेको भए पनि यस वर्ष पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने भएको छ । 

यसवर्षको होली यही फागुन १७ गते पहाडमा र १८ गते तराईमा मनाइने छ । चितवनमा भने दुवै दिन मनाउने गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य