गत वर्षको जेठ १० गते नारायणी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गत वर्षको जेठ १० गते नारायणी"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

राप्ती र नारायणीमा देखिए दुई भाले घडियाल गोही

१४ फाल्गुन २०७४, सोमबार ०७:४१

फागुन १४, चितवन | भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ । 


गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो । 

निकुञ्ज विभागको नेतृत्वमा गत शुक्रबारदेखि तीन दिन लगाएर गरिएको गोही गणनाका क्रममा राप्ती नदीका दुई ठाउँमा भाले गोही फेला परेका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार त्रिवेणी नजिकै नारायणी नदीको भेलौजी भन्ने ठाउँमा र राप्ती नदीको सौराहाघाटमा एक एक वटा भाले गोही फेला परेका हुन् । यीसँगै दुई नदीमा भालेको संख्या तीन पहिचान भएको छ । 

तीन वटा भाले गोही भएपछि प्रजननमा अब समस्या नआउने अनुमान गरिएको र अरु थप भाले हुन सक्ने अनुमानमा अनुसन्धान जारी छ । 

नारायणीको भेलौजीमा गत वर्षको जुनमा पनि सो गोही देखिएको भए पनि भाले हो भन्ने यकिन गर्न नसकेका कारण प्रष्ट भन्न नसकिएको उहाँले बताउनुभयो । 

सहायक संरक्षण अधिकृत खड्काका अनुसार केही दिनपछि पछिल्लो गणनाको परिणाम आउने छ । राप्ती र नारायणी नदीमा ११ समूह बनाएर ५० जनाले तीन दिन लगाएर गोही गणना गरेका थिए । यसअघि गरिएको गणनामा राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । 

यी दुई नदीसँगै बबई, कर्णाली, कालीगण्डकी र कोशी नदीमा गरी हालसम्म एक हजार २९४ वटा गोही प्रजनन केन्द्रमा हुर्काएर छाडिएको छ । हाल प्रजनन केन्द्रमा ४९५ वटा गोही छन् । सो केन्द्रमा पनि एकमात्र बूढो भाले गोही रहेकाले भारतबाट भाले गोही ल्याउनका लागि गृहकार्य भइरहेका बेला राप्ती र नारायणी नदीमा भाले गोही भेटिएपछि संरक्षणकर्मी उत्साहित भएको खड्काले बताउनुभयो । 

राप्ती र नारायणी नदीमा गोहीको अण्डा संकलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो संख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता राख्ने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य