२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

२०७४, १४ फाल्गुन सोमबार ०८:४३

फागुन १४, लहान | करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ । 

क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो । 

क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन कुसियैतले जानकारी दिनुभयो । 

गैरकानूनी नियुक्तिमा रोक लगाउनुपर्ने, आर्थिक पारदर्शीता गर्नुपर्ने, शुल्क वृद्धि रोक्नुपर्ने, क्याम्पसमा शैक्षिक सुधारलगायतका आफूहरुका माग फागुनभित्र पूरा गर्ने गरी सहमति भएको अध्यक्ष कुसियैतले बताउनुभयो । 

क्याम्पस प्रशासनले लिएको समयभित्र माग पूरा गर्ने प्रक्रिया अघि नबढाइए कडा आन्दोलन गर्ने अध्यक्ष कुसियैतले बताउनुभयो । 

क्याम्पसमा देखा परेका सबैखाले समस्याको निकास दिन आफू सक्रिय भएर लाग्ने निमित्त क्याम्पस प्रमुख कृष्णकुमार यादवले बताउनुभयो । छ महिनादेखिको तालाबन्दीका कारण सिरहा क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस