२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धामिद्धारा प्रकाशित पुस्तकको बिमोचन, पत्रकार थापा सम्मानीत

१४ फाल्गुन २०७४, सोमबार १६:०४

कमल रावल | फागुन १४, अछाम | राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सेती अञ्चल अध्यक्ष पदम बहादुर धामिद्धारा प्रकाशित होरी देउडा संगालो नामक पुस्तकको मंगलसेनमा बिमोचन गरिएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामद्धारा आयोजित होलि देउडा कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमममा जिल्ला समन्वय समिती अछामका संयोजक टोप बहादुर रावल र मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले एकसाथ बिमोचन गर्नु भएको थियो । बिमोचन गर्दै अतिथी रावल र उपाध्यायले जिल्लामा धामिले होलिको संरक्षणका लागि पुस्तक प्रकाशन गरेकाले स्रहानीय काम गरेकाले यसलाई सबैले अध्ययन गर्नु पर्नेमा जोड् दिनु भएको थियो । 

प्रकाशक धामीले पुस्तकको बारेमा प्रकाश पार्दै समग्र जिल्लाको कला, सस्कृती र संरक्षणमा टेवाका लागि प्रकाशन गरेको बताउनु भयो । संस्थागत देखि ब्यक्तिरुपमा प्रकाशन गर्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनु भएको थियो । राष्ट्रीय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति अछामका अध्यक्ष भोजराज भाट्को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार टेक बहादुर थापालाई प्रतिष्ठानले सम्मान समेत गरेको थियो । रेडियो रामारोशनमा रही अछामका भाषा, कला, साहित्य, सस्कृति जगेर्नाका लागि महत्वपुर्ण योगदान पुरयाएकाले उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । 


सम्मान ग्रहण गर्दै पत्रकार थापाले आफुले पाएको सम्मान सबै अछामी जनताको भएकाले यसको श्रेय बिशेष रेडीयो रामारोशनलाई जाने उहाँले बताउनु भयो । आफनो सम्मानको पछाडी संस्थामा काम गरिरहदा अग्रज अभिभावक, सहकर्मि साथी र जिल्लाका अग्रज पत्रकारको साथले यो सम्मान पाएको प्रतिक्रिया दिनु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष देबेन्द्र प्रसाद भाट्को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बहादुर बोहरा, नेकपा माओवादि केन्द्रका शिब बहादुर बोगटि, समाजसेवि कर्ण बहादुर केसि, वडा नम्बर ३ का अध्यक्ष पदम बहादुर भाट, ४ का पदम बहादुर धामि, ६ का जनकराज भण्डारि, ८ का हिरिण्ड बोहरा, मंगलसेन नगरपालिका प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना लगाएतको उपस्थिती रहेको थियो । 

सो कार्यक्रमको संञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामका सचिव जनक साउदले गर्नु भएको थियो । कार्यक्रममा कलाकार रुपक परियार, नयातारा कला सागरका कलाकारले समेत आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने