२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पुनःनिर्माण प्राधिकरण काभ्रेले भूकम्पसम्बन्धी प्रदर्शनी गर्ने

१५ फाल्गुन २०७४, मंगलवार ०६:१८

फागुन  १५, काभ्रे | राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने भएको छ । 

विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो । 

पुनःनिर्माणसम्बन्धी जानकारी सबैलाई थाहा नभएकाले प्रदर्शनीको आयोजनाका विषयमा प्राधिकरण लागि परेको प्राधिकरण काभ्रेका प्रमुख धु्रव गैंडाले बताउनुभयो । 

प्रदर्शनी कहिले गर्ने भन्ने निर्णय भने प्राधिकरणले अहिलेसम्म गरेको छैन । सकेसम्म महोत्सवको अवसर पारेर गर्ने भन्ने मात्र बैठकले निर्णय गरेको छ । त्यस्तै, प्राधिकरणकै नेतृत्वमा भूकम्प प्रभावित १४ जिल्लामा अनुगमन टोलीसमेत गठन गर्न लागिएको बैठकका क्रममा जानकारी गराइएको छ । डिएलपीआइओका अनुगमन तथा मूल्यांकन विज्ञ रोशन केशरीको नेतृत्वमा काभ्रेमा अनुगमन टोलीको गठन गर्न लागिएको हो । 

“जोखिमयुक्त परिवारको सहयोगका लागि सहयोग गर्न गैरसरकारी संस्थासँग कुरा अगाडि बढाइसक्यौँ,” गैंडाले भन्नुभयो । साथै, गुनासो भरेका पीडितको तथ्यांक आइसकेको, नगरपालिका र गाउँपालिकामा पठाउन मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । तथ्यांकको पुनः जाँच भइसकेपछि मात्र उक्त तथ्यांक पठाइने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य