२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको दमकबाट लागुऔषध सेवन गर्ने ३ बालकको उद्दार

१५ फाल्गुन २०७४, मंगलवार ०८:१०

फागुन १५, झापा | झापाको दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाइ सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको छ ।

दमक ६ जेसिज चोक नजिकै सवाल नेपाल अनलाइनको कार्यालय अगाडि खाली ठाँउमा दिउसो १२ बजेतिर लागु औषध प्रयोग गरिरहेका बालकहरु देखिपछि उनिहरुको उद्धारका लागि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदारबाबु पौड्यालले शुरुवाती पहल गरेका थिए । त्यसमा लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले साथ दिएका थिए ।

लागु औषध प्रयोग गरिरहेका दमक १३ का दूइ श्रेष्ठ दाजुभाइको बुबाको केहि बर्ष अघि मृत्यु भएको र आमा पनि अर्कैसंग विवाह गरेपछि साहारा विहिन भएको पाइएको थियो । अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्रि काम गर्दै गरेको बताएका थिए । उनिहरु लागु औषधमा लठ्ठि रहेका थिए ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहलमा उद्धारका लागि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी उक्त स्थलमा नैे आएकी थिइन । त्यो समयमा पनि बालकहरु लागु औषध प्रयोग गरिरहेका थिए । नगर उपप्रमुख अधिकारीले उनिहरुको अवस्था देखेर भावुक बन्दै राख्ने ठाँउको खोजी गरेकी थिइन् ।

तत्काल लागि राख्न दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्र तयार भएपछि उठाएर उनिहरुलाइ त्यहि लगिएको थियो । उनिहरुको अवस्था अहिले सामान्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी समेत उद्धार कार्यमा आएका थिए । दमकमा यस प्रकारका डेढ दर्जनभन्दा बढि बालबालिका रहेको गिरीले जनाए । उपप्रमुख अधिकारीले सबैलाइ ३ महिनाभित्रमा उद्धार गर्न योजनाका साथ लागि पर्ने बताइन् । 

३ जनालाइ सुधार गृहमा राखिएको र अरुलाइ पनि सुधार गृहमा राख्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष गौतमले बताए । उनले अरु सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर यस्ता बालबालिकाहरुको उद्धार गरिने उनको भनाइ रहेको थियो ।

सडकमा रहेका ३ बालकहरुलाइ उद्धार कार्यमा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, लायन्सकर्मीहरु चन्द्र गजमेर, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ लगायतले तत्काल उद्धारमा सहयोग पर्याएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो