२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

१६ फाल्गुन २०७४, बुधबार ०८:१२

फागुन १६, चितवन | जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफँैले फार्मेसी सञ्चालनमा ल्याएको थियो । 

बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार सहजरुपमा बिरामीले औषधि पाउन् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको हो । 

उहाँका अनुसार अस्पतालमा भर्ना भएर बसेका बिरामी, सघन उपचार कक्ष र शल्यक्रियाका बिरामीका लागि छुट्टै फार्मेसी व्यवस्थापन गरिँदै छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासीनिका अनुसार निजीमा भन्दा आधासम्म सस्तोमा बिरामीले अस्पतालको फार्मेसीबाट औषधि पाएका छन् । 

अस्पतालको औषधि खरिद मूल्य र निजीले बिक्री गर्ने गरेको मूल्यको नाफामध्ये आधा अस्पतालले राखेर आधा बिरामीलाई छुट दिइँदै आएको उहाँले बताउनुभयो । 

फार्मेसी विभागका प्रमुख राजकुमार ढुंगानाका अनुसार फार्मेसी स्थापनापछि रु नौ करोड ३३ लाख ६७ हजारको औषधि बिक्री गरिएको छ । जसबाट रु दुई करोड २६ लाख अस्पताललाई नाफा भएको छ । त्यति नै रकम बिरामीले छुट्टै पाएको उहाँले बताउनुभयो । 

अस्पतालको सघन उपचार कक्षमा बढी प्रयोग हुने एण्टिीबायोटिक सुई पिप्रासिलिन प्लस टाजोब्याक्टस बाहिर बजारमा एक डोजको रु ५२४ पर्दछ भने अस्पतालले रु ३४४ मा बिक्री गर्दै आएको छ । 

त्यस्तै सघन उपचार कक्षमा नै बढी प्रयोग हुने अर्को सुई म्यानकोमाइसिन निजीमा रु ६०८ पर्दछ भने अस्पतालको फार्मेसीमा रु ४३६ मा बिक्री गरिन्छ । 

भरतपुर अस्पतालमा ६०० श्यया रहेको छ । दैनिक एक हजार भन्दा बढीले बहिरंग सेवा लिने गर्दछन् । वार्षिक ठूला शल्यक्रिया नौ हजारको हाराहारी हुने गर्दछन् । चितवन र छिमेकी जिल्लाबाट सेवा लिन बिरामी यहाँ आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य