2026-06-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

सेनाद्वारा लमजुङको ऐतिहासिक संरचनाको पुनःनिर्माण

2018-02-28

फागुन १६, लमजुङ | नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो । 

राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर व्यवस्थापन गर्नेलगायतका काम गरेको श्री जङ गणका गणपति माधव थापाले जानकारी दिनुभयो । 

जीर्ण संरचना मर्मतका लागि ३० जनाको टोली खटाइनुका साथै पुनःनिर्माणका लागि आवश्यक सामग्री पनि श्रीजङ गणले नै जुटाएको गणपति थापाले बताउनुभयो । । 

केही दिन अघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गढीको स्थलगत अवलोकन गर्दा ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि लमजुङस्थित श्रीजङ गणलाई मर्मतका लागि निर्देशन दिनुभएको थियो । 

गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राइनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ । पछिल्लो समय राइनासमा होमस्टे शुरु भएपछि दैनिक आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग