२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोजना प्रभाबित क्षेत्रका स्थानीयद्धारा चमेलियाको मुल गेटमा आमरण अनशन

१७ फाल्गुन २०७४, बिहीबार १३:५१

लोकेन्द्र प्रशाद जोशी/फागुन १७, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारीलका स्थानीयले पुर्ब सम्झौता अनुसार खानेपानीलगायतका समस्या समाधान नगरेको भन्दै चमेलिया जलविद्युत आयोजनाको मूल गेटमा आमरण अनशन शुरु गरेका छन् । 

खानेपानी मूल संघर्षसमिति बारीलका अध्यक्ष शंकर खडायत, सचिब सुरेन्द्र बहादुर तितरा र सल्लाहकार समिति सदस्य प्रमानन्द तितरागरी तीन जनाले बिहीबारदेखि अनसन शुरु गरेका हुन् ।

 

गत फागुन ११ गते प्रेस विज्ञप्ती प्रकाशित गर्दै माग पूरा नभए फागुन १७ गतेबाट मूल गेटमा अनशन शुरु गर्ने यसअघि चेतावनी दिएका थिए । तत्कालीन समयमा भएका सम्झौता पुरा गर्न खानेपानी मूल संघर्षसमिति शैल्यसिखर नगरपालीका १ बारिलले ९ बुद्धे अपिल जारी गरेपनि माग पूरा नभएपछि अनशन शुरु गरिएको उनीहरुले बताएका छन् । 

११ वर्षअघि आयोजना निर्माण शुरु गर्दा सुकेका खानेपानी र सिचाईको स्थायी एवं दिर्घकालीन समस्या समाधान नगरिदिएको भन्दै आमरण अनशन शुरु भएको खानेपाली मुल संघर्ष समितिका सचिब सुरेन्द्र बहादुर तितराले बताउँनुभयो । 

संघर्षसमितिले आयोजना निमार्णको क्रममा क्षति पुगेको खानेपानीको ब्यबस्थापन, पुर्ब सहमति अनुसारको सिचाइ, सडक, बिद्यालय प्रङगण लगायतका समस्या समाधान गरीदिनुपर्ने माग राख्दै आएको छ । यस्तै संघर्षसमितिले प्रत्यक्ष रुपमा आयोजनाबाट प्रभावित शैल्यशिखर नगरपालिका र दार्चुलाको मार्मा गाउँपालिका तथा बैतडीको डिलाशैनी गाउँपालिकामा निशुल्क रुपमा विद्युत वितरण हुनुपर्ने माग गरेको छ । 

यसैगरी गत माघ २७ गते उद्घाटन भएर पनि जिल्लाबासीले नपाएको विद्युतलाई चालू आर्थिक वर्षभित्र सबै क्षेत्रमा विद्युतीकरणको ग्यारेन्टी गर्न माग गरेको छ । ३० मेगावट चमेलियाबाट उत्पादन हुने विद्युतबाट दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न विद्युत प्राधिकरण सँग माग राखेको छ । समितिले आयोजनाको बाँधस्थलदेखि टेलरेसम्म चमेलियामा १० प्रतिशत पानी छोड्न आग्रह गरेको छ ।

 पुरै चमेलियाको पानी ड्याममा राख्दा स्तनधारी जनावरको मृत्य भएको तथा उनीहरुको बाँच्ने पाउने अधिकार कुण्ठीत भएको समितिले जनाएको छ । निर्धारित समयभन्दा ढिला गरीसम्पन्न भएको आयोजनामा भएको भ्रष्टचार छानबीन गर्न तथा स्थानीयसँग आयोजनाले गरेको सम्झौता कार्यान्वयनमा समितिले जोड दिएको छ ।

संघर्षसमितिले राखेको मागप्रति आयोजना गम्भीर नदेखीएको भन्दै उहाँहरुले माग पुरा नगरेन्जेलसम्मकालागि भन्दै आमरण अनसन शुरु गरेको जनाएका छन । 

यता आयोजनाले भने स्थानियतका मागहरु पुरागर्न आयोजना तयार रहेको भन्दै अनसन स्थगित गर्न लिखित आग्रह गरीसकेको आयोजनाका सहायक उपप्रबन्ध पुष्पराज जोशीले बताउनुभयो । 

जनता समाचारसंगको कुराकानीमा उपप्रबन्धक जोशीले खानेपानी समस्या समाधान गर्न तत्काल प्रकृर्या शुरु गरेर बिस्तारै सम्झौतामा उल्लेख भएका सबै समस्या समाधान गर्ने बताएका हुन । लक्ष्यभन्दा दोब्बर समय र लगानिमा निमार्ण सम्पन्न भएको आयोजनाले स्थानियका जायज मागहरुप्रति नजरअन्दाज गर्न खोजेको स्थानियको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला