२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोजना प्रभाबित क्षेत्रका स्थानीयद्धारा चमेलियाको मुल गेटमा आमरण अनशन

२०७४, १७ फाल्गुन बिहीबार १३:५१

लोकेन्द्र प्रशाद जोशी/फागुन १७, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारीलका स्थानीयले पुर्ब सम्झौता अनुसार खानेपानीलगायतका समस्या समाधान नगरेको भन्दै चमेलिया जलविद्युत आयोजनाको मूल गेटमा आमरण अनशन शुरु गरेका छन् । 

खानेपानी मूल संघर्षसमिति बारीलका अध्यक्ष शंकर खडायत, सचिब सुरेन्द्र बहादुर तितरा र सल्लाहकार समिति सदस्य प्रमानन्द तितरागरी तीन जनाले बिहीबारदेखि अनसन शुरु गरेका हुन् ।

 

गत फागुन ११ गते प्रेस विज्ञप्ती प्रकाशित गर्दै माग पूरा नभए फागुन १७ गतेबाट मूल गेटमा अनशन शुरु गर्ने यसअघि चेतावनी दिएका थिए । तत्कालीन समयमा भएका सम्झौता पुरा गर्न खानेपानी मूल संघर्षसमिति शैल्यसिखर नगरपालीका १ बारिलले ९ बुद्धे अपिल जारी गरेपनि माग पूरा नभएपछि अनशन शुरु गरिएको उनीहरुले बताएका छन् । 

११ वर्षअघि आयोजना निर्माण शुरु गर्दा सुकेका खानेपानी र सिचाईको स्थायी एवं दिर्घकालीन समस्या समाधान नगरिदिएको भन्दै आमरण अनशन शुरु भएको खानेपाली मुल संघर्ष समितिका सचिब सुरेन्द्र बहादुर तितराले बताउँनुभयो । 

संघर्षसमितिले आयोजना निमार्णको क्रममा क्षति पुगेको खानेपानीको ब्यबस्थापन, पुर्ब सहमति अनुसारको सिचाइ, सडक, बिद्यालय प्रङगण लगायतका समस्या समाधान गरीदिनुपर्ने माग राख्दै आएको छ । यस्तै संघर्षसमितिले प्रत्यक्ष रुपमा आयोजनाबाट प्रभावित शैल्यशिखर नगरपालिका र दार्चुलाको मार्मा गाउँपालिका तथा बैतडीको डिलाशैनी गाउँपालिकामा निशुल्क रुपमा विद्युत वितरण हुनुपर्ने माग गरेको छ । 

यसैगरी गत माघ २७ गते उद्घाटन भएर पनि जिल्लाबासीले नपाएको विद्युतलाई चालू आर्थिक वर्षभित्र सबै क्षेत्रमा विद्युतीकरणको ग्यारेन्टी गर्न माग गरेको छ । ३० मेगावट चमेलियाबाट उत्पादन हुने विद्युतबाट दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न विद्युत प्राधिकरण सँग माग राखेको छ । समितिले आयोजनाको बाँधस्थलदेखि टेलरेसम्म चमेलियामा १० प्रतिशत पानी छोड्न आग्रह गरेको छ ।

 पुरै चमेलियाको पानी ड्याममा राख्दा स्तनधारी जनावरको मृत्य भएको तथा उनीहरुको बाँच्ने पाउने अधिकार कुण्ठीत भएको समितिले जनाएको छ । निर्धारित समयभन्दा ढिला गरीसम्पन्न भएको आयोजनामा भएको भ्रष्टचार छानबीन गर्न तथा स्थानीयसँग आयोजनाले गरेको सम्झौता कार्यान्वयनमा समितिले जोड दिएको छ ।

संघर्षसमितिले राखेको मागप्रति आयोजना गम्भीर नदेखीएको भन्दै उहाँहरुले माग पुरा नगरेन्जेलसम्मकालागि भन्दै आमरण अनसन शुरु गरेको जनाएका छन । 

यता आयोजनाले भने स्थानियतका मागहरु पुरागर्न आयोजना तयार रहेको भन्दै अनसन स्थगित गर्न लिखित आग्रह गरीसकेको आयोजनाका सहायक उपप्रबन्ध पुष्पराज जोशीले बताउनुभयो । 

जनता समाचारसंगको कुराकानीमा उपप्रबन्धक जोशीले खानेपानी समस्या समाधान गर्न तत्काल प्रकृर्या शुरु गरेर बिस्तारै सम्झौतामा उल्लेख भएका सबै समस्या समाधान गर्ने बताएका हुन । लक्ष्यभन्दा दोब्बर समय र लगानिमा निमार्ण सम्पन्न भएको आयोजनाले स्थानियका जायज मागहरुप्रति नजरअन्दाज गर्न खोजेको स्थानियको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ