खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री"/>

२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि सलमान खानको नेपाल भ्रमण स्थगित

१८ फाल्गुन २०७४, शुक्रबार ०६:५६

फागुन १८, काठमाडौं । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित गरेका छन् ।


खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो ।

तर, नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको बताइएको छ ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

के छ नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघको विज्ञप्तिमा ? 

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालीहरु राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यले भारतीय कलाकार काठमाडौं उतार्ने योजना अन्तरगर्न हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजना अन्तरगतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौं ।’

कलाकार हिसाबले सलमान खान नेपाली जनतामा समेत लोकप्रिय रहेको तर त्यसो भन्दैमा उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य नरहेको विज्ञप्तिमा उल्लेख छ ।

कलाकारको हिसाबमा उनको नेपाल आउजाउमा कुनै अवरोधको नीति नरहेको भन्दै विज्ञप्तिमा प्रतिव्यक्ति ३० हजार रुपैयाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत प्रभावित पार्ने जिकिर गरिएको छ ।

‘विनासकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रुपैयाँ खर्चिनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारको ठूलो अपमान पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यैए माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देहृय नेपालीको पैसा सोहोर्नु हो ।’

साथै नेपाली राजनीतिक दलहरुलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सँधै मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैएनकि मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै