<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनः सांसद बनेका ३५ सांसदलाई मञ्चद्वारा सम्मान तथा बधाई

२०७४, १८ फाल्गुन शुक्रबार १०:२४

फागुन १८, काठमाडौँ | पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गरेको छ । 


सिंहदरबारस्थित मञ्चको कार्यालयमा आज आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाई तथा सम्मान गर्नुभएको हो । 

मन्त्री पण्डितले पूर्व सांसदलाई स्वास्थ्य बीमाका लागि आफूले पहल गर्ने उल्लेख गर्दै सरकारले पैसा नदिने तर सरकारी अस्पतालमा बिरामी भएका उपचार गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

मन्त्री पण्डितले भन्नुभयो, “उपचार खर्च दिँदा कतिपय अवस्थामा सरकार बदनाम पनि भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन छ, त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ । 

काठमाडौँमा उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै उहाँले एक वर्षभित्र काठमाडौँलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो । 

मञ्चका अध्यक्ष श्रेष्ठले सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने र पूर्व सांसदलाई नदिने गर्न नहुने उल्लेख गर्दै सबै सांसदबाटै गएको हुँदा सुविधा दिए सबैलाई दिनुपर्ने नदिए कसैलाई पनि दिन नहुने माग गर्नुभयो | रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ