2026-09-19 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा मधेशी र पहाडी समुदायको होली एकैठाउँ

फागुन १८, भद्रपुर | झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् । 

सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 

वीरता जेसिज र वीरता लेडी जेसिजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिका–१ का अध्यक्ष अग्निप्रसाद पाण्डे, ब्राम्हण समाज झापाका उपाध्यक्ष हरि भण्डारी, मारवाडी सेवा समिति, बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, रौनियार सेवा समाज, झापाकी अध्यक्ष संगीता रौनियार लगायतले सबै समुदायबीच त्यस्तै सद्भाव र मेलमिलाप आजको आवश्यकता रहेको र जेसिजले संयोजन गरेको होलीले त्यही सन्देश दिएको बताउनुभयो । 

सहभागीले अबिर र रङसँगै उत्सवका साथ सामूहिक नृत्य गरेर होली मनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई