२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

विश्व शान्तिका लागि बज्रगुरु मन्त्रजप

२०७४, १९ फाल्गुन शनिबार ०१:३५

फागुन १९, ताप्लेजुङ (रासस) | विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगत्को हितका लागि यहाँ आइतबारदेखि दोस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । 

यही फागुन २० देखि २२ गतेसम्म स्थानीय सुकेटारमा बज्रगुरु मन्त्रजप कार्यक्रम र आचार्य पद्मसम्भव मन्त्र पूजा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय आयोजक समितिले जानकारी दिएको छ । महागुरु लामा थुप्तेन जोपा रिम्पोछेको प्रमुख आतिथ्यतामा हुने उक्त मन्त्रजपमा विभिन्न अवतारी रिम्पोछेसहित करीव दुई सय ५० लामा गुरु र सयौँ उपासक उपासिकाको सहभागिता रहने छ । जिल्लामा तीन पटक सम्म मन्त्रजप आयोजना गरिने जनाइएको छ । 

पूर्वीय दर्शनको संरक्षण गर्ने तथा जातीय सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । मन्त्रजप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सबै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्धधर्मावलम्बीको विश्वास छ । बुद्ध र बोधिसत्वको मन्त्रजप गर्नाले मन शुद्ध हुनाका साथै बुद्धत्व प्राप्त हुने बताइएको छ । मन्त्रजपको अन्तिम दिन मङ्गलबार बौद्ध धर्मबारे प्रवचनसहित आयु अभिषेक र छिवाङ प्रदान गरिने जनाइएको छ । 

यसैबीच आगामी पाँच वर्षभित्र जिल्लाका प्रत्येक वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ । सदरमुकाम फुङलिङमा भएको ‘बालअधिकारको संवद्र्धनमा स्थानीय तह र सरोकार भएका निकायको भूमिका’ विषयको जिल्लास्तरीय कार्यशाला गोष्ठीले विद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । 

कार्यशालामा आगामी चैतभित्र सबै स्थानीय तहले बाल संरक्षण डेस्क राखी फोकल पर्सन तोक्ने, आगामी वर्षको असारभित्रै जिल्लाका प्रत्येक विद्यालयमा बाल क्लब र संरक्षक शिक्षकको व्यवस्था गर्ने तथा बालविवाह, बालश्रम, बाल यौन शोषण र कुनै पनि कार्यक्रममा बाल प्रयोग रोक्न कार्ययोजना बनाउने सहमति भएको छ । 

कार्यशालाले पारित गरेको १३ बँुदे कार्ययोजनामा जोखिममा परेका बालबालिकाका लागि यथाशीघ्र आकस्मिक कोष खडा गर्ने, चालु आर्थिक वर्षभित्रै बालबालिकाको वडास्तरको स्थितिपत्र तयारी र योजना निर्माण, बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार रोक्न सचेतना अभियान सञ्चालन गर्ने योजना समेटिएको छ । मानव अधिकार मञ्च नेपाल इलाम र वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिलगायत सरोकार भएकाहरुले कार्ययोजना कार्यान्वयनका लागि प्रबिद्धतासमेत जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण