२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

विश्व शान्तिका लागि बज्रगुरु मन्त्रजप

१९ फाल्गुन २०७४, शनिबार ०१:३५

फागुन १९, ताप्लेजुङ (रासस) | विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगत्को हितका लागि यहाँ आइतबारदेखि दोस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । 

यही फागुन २० देखि २२ गतेसम्म स्थानीय सुकेटारमा बज्रगुरु मन्त्रजप कार्यक्रम र आचार्य पद्मसम्भव मन्त्र पूजा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय आयोजक समितिले जानकारी दिएको छ । महागुरु लामा थुप्तेन जोपा रिम्पोछेको प्रमुख आतिथ्यतामा हुने उक्त मन्त्रजपमा विभिन्न अवतारी रिम्पोछेसहित करीव दुई सय ५० लामा गुरु र सयौँ उपासक उपासिकाको सहभागिता रहने छ । जिल्लामा तीन पटक सम्म मन्त्रजप आयोजना गरिने जनाइएको छ । 

पूर्वीय दर्शनको संरक्षण गर्ने तथा जातीय सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । मन्त्रजप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सबै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्धधर्मावलम्बीको विश्वास छ । बुद्ध र बोधिसत्वको मन्त्रजप गर्नाले मन शुद्ध हुनाका साथै बुद्धत्व प्राप्त हुने बताइएको छ । मन्त्रजपको अन्तिम दिन मङ्गलबार बौद्ध धर्मबारे प्रवचनसहित आयु अभिषेक र छिवाङ प्रदान गरिने जनाइएको छ । 

यसैबीच आगामी पाँच वर्षभित्र जिल्लाका प्रत्येक वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ । सदरमुकाम फुङलिङमा भएको ‘बालअधिकारको संवद्र्धनमा स्थानीय तह र सरोकार भएका निकायको भूमिका’ विषयको जिल्लास्तरीय कार्यशाला गोष्ठीले विद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । 

कार्यशालामा आगामी चैतभित्र सबै स्थानीय तहले बाल संरक्षण डेस्क राखी फोकल पर्सन तोक्ने, आगामी वर्षको असारभित्रै जिल्लाका प्रत्येक विद्यालयमा बाल क्लब र संरक्षक शिक्षकको व्यवस्था गर्ने तथा बालविवाह, बालश्रम, बाल यौन शोषण र कुनै पनि कार्यक्रममा बाल प्रयोग रोक्न कार्ययोजना बनाउने सहमति भएको छ । 

कार्यशालाले पारित गरेको १३ बँुदे कार्ययोजनामा जोखिममा परेका बालबालिकाका लागि यथाशीघ्र आकस्मिक कोष खडा गर्ने, चालु आर्थिक वर्षभित्रै बालबालिकाको वडास्तरको स्थितिपत्र तयारी र योजना निर्माण, बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार रोक्न सचेतना अभियान सञ्चालन गर्ने योजना समेटिएको छ । मानव अधिकार मञ्च नेपाल इलाम र वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिलगायत सरोकार भएकाहरुले कार्ययोजना कार्यान्वयनका लागि प्रबिद्धतासमेत जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान