२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

फुटपाथका कारण अस्तव्यस्त महानगरपालिका

२०७४, १९ फाल्गुन शनिबार ०४:११

सञ्चिता घिमिरे | फागुन १९, ललितपुर (रासस) | ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । 

फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो सडकको बीच भागसम्मै पसल राख्दा यातायात आवागमनलाई समेत बाधा पुगिरहेको छ । बसपार्कमा केही वर्ष पहिले व्यापारी खाट नै राखेर बस्ने गरेका थिए । अहिले त्यो नभए पनि बसपार्कमा ठूलो संख्यामा व्यापारी छन् । 

ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन्द्रराज ताम्राकार फुटपाथ पसल नगरको दीर्घकालीन समस्या भएर रहेको बताउनुहुन्छ । “फुटपाथ हटाउनका लागि प्रशासन र महानगरपालिकाले समय समयमा पहल गरे पनि त्यो लामो समय टिक्ने गरेको छैन”, उहाँ भन्नुहुन्छ, “फुटपाथ हटाएको दुई÷चार दिनमै सडकमा उत्तिकै पसल हुन्छ ।” फुटपाथका कारण यहाँ आउने पर्यटकसमेत हैरान छन् । 

काठमाडौँ उपत्यकाका नगर क्षेत्रका सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने धेरै छन् । रोजगारीका लागि काठमाडौँ उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् । नगरका लगनखेल, मंगलबजार, सातदोबाटोलगायत स्थानमा धेरै फुटपाथ पसल छन् । 

नगर प्रहरी प्रमुख कदमलाल महर्जन महानगरपलिकामा सबैभन्दा बढी फुटपाथ व्यवस्थापनको खाँचो लगनखेल–मंगलबजार सडकखण्डमा रहेको बताउनुहुन्छ । एक पटक हटाउँदैमा फुटपाथ पसल हट्न नमान्ने र नियमित रुपमा लाग्नका लागि जनशक्तिको कमी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हटाएको केही समयमा नै आँखा छलेर पसल बाटोको बीचमा नै राख्छन् ।” 

महानगरपालिकामा अहिले २३ नगर प्रहरी कार्यरत छन् । न्यायिक समितिको निर्णय कार्यान्वयन, पार्किङ व्यवस्थापन, भवन सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम उनीहरुको जिम्मेवारीमा छ । फुटपाथ व्यवस्थापनमा धेरै जनशक्ति लाग्दा मात्रै फुटपाथ व्यवस्थापन गर्न सकिने उहाँ बताउनुहुन्छ । सार्क सम्मेलनका समयमा दिनरात काम गरेर नगर प्रहरीले सडक खाली गरेको थियो । उहाँ भन्नुहुन्छ, “अहिले पनि धेरै जना र नियमित खटिएर मात्रै फुटपाथ खाली गराउन सकिन्छ ।” 

समय समयमा फुटपाथ व्यवस्थापनमा महानगरपलिकाले चासो देखाए पनि त्यो लामो समयसम्म टिकेको छैन । फुटपाथ पसल राख्न बन्द नै गर्दा यहाँका पार्टी निकट संगठनले विरोध गर्दै आएका छन् । सबै दलका साना व्यापारीको संगठन छ । 

नगर प्रमुख चिरीबाबु महर्जन छिटै फुटपाथ व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउनुहुन्छ । उहाँका अनुसार फुटपाथ व्यवस्थापनमा लाग्न नगर प्रहरीलाई निर्देशन दिइएको छ । यसअघि फुटपाथ व्यवस्थापन भए पनि लामो समयसम्म हुन सकेको थिएन । उहाँ भन्नुहुन्छ, “औँसीदेखि पूर्णिमासम्म मात्रै फुटपाथ हट्ने गरेकामा अब नगरमा यो समस्या सधैँका लागि हटाउने योजना रहेको छ ।” लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ पसलकै कारण ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापन गर्ने उहाँको योजना छ । त्यसका लागि समेत फुटपाथ व्यवस्थापन राम्रोसँग गरिने उहाँ बताउनुहुन्छ । 

फुटपाथ हटाउनेभन्दा व्यवस्थापन गर्नुपर्ने विषय समय मयमा उठान भइरहेको छ । फुटपाथ व्यापार गर्नेको व्यवस्थापनकै लागि केही वर्ष पहिले तत्कालीन उपमहानगरपालिकाले जिल्ला अदालत कार्यालय अगाडि टहरा निर्माण गरेको थियो । अहिले त्यो टहरा लेखापढी व्यवसायीलाई महानगरपालिकाले भाडामा लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा