२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मजदुर समस्याले उद्योग बन्द गर्नुपर्ने बाध्यता

२०७४, १९ फाल्गुन शनिबार ०६:०९

फागुन १९, नगरकोट | भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ 

भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा साना उद्योग झन् ठूलो समस्यामा रहेको बताउनुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य संघका नवनिर्वाचित रामप्रसाद प्रजापतिले देशका उद्योग व्यवसायमा मजदुर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवालाई निरुत्साहन गर्नुपर्ने माग गर्नुभयो । संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले मजदुरको समस्यालाई सम्बोधन गर्न युवालाई तालीम दिनुपर्ने धारणा राख्नुभयो । 

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिसँगै संघका प्रथम उपाध्यक्षमा निर्वाचित भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष प्रदीप श्रेष्ठ, सदस्यमा निर्वाचित संस्थापक कोषाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महिला उद्यमी संघका अध्यक्ष र सदस्यमा निर्वाचित क्रमशः चन्द्रकला बास्तोला र चित्रा किसीलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस