२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मजदुर समस्याले उद्योग बन्द गर्नुपर्ने बाध्यता

१९ फाल्गुन २०७४, शनिबार ०६:०९

फागुन १९, नगरकोट | भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ 

भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा साना उद्योग झन् ठूलो समस्यामा रहेको बताउनुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य संघका नवनिर्वाचित रामप्रसाद प्रजापतिले देशका उद्योग व्यवसायमा मजदुर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवालाई निरुत्साहन गर्नुपर्ने माग गर्नुभयो । संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले मजदुरको समस्यालाई सम्बोधन गर्न युवालाई तालीम दिनुपर्ने धारणा राख्नुभयो । 

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिसँगै संघका प्रथम उपाध्यक्षमा निर्वाचित भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष प्रदीप श्रेष्ठ, सदस्यमा निर्वाचित संस्थापक कोषाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महिला उद्यमी संघका अध्यक्ष र सदस्यमा निर्वाचित क्रमशः चन्द्रकला बास्तोला र चित्रा किसीलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण