२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा दैनिक ४ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी

१९ फाल्गुन २०७४, शनिबार ०७:०४

फागुन १९, रोल्पा | अध्ययनका लागि नजिक विद्यालय नहुदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । 

रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु परेको छ । 

रोल्पा नगरपालिका– ९ को फाल्जा, गैराखुटी लगायतका गाउँबाट दैनिक चार घण्टा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । कुवापातल, कर्तम, वेसारवाङ, चोयवाङलगायतका गाउँ पनि विद्यालय भन्दा निकै टाढाको दुरीमापर्ने विद्यार्थीले बताएका छन् । 

लामो पैदलयात्रा हिँडेर माविस्तरको पढाइ पूरा गर्ने वा निमाविस्तरको पढाइ पूरा गरेर पढाइ छोड्ने यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने बाध्यतामा छन्, यहाँका विद्यार्थी । 

उनीहरुका लागि छिमेकी वडामा रहेका अन्य विद्यालय पनि निकै टाढा रहेका छन् । छिमेकी विद्यालयको रुपमा रहेका धवाङको गापा, मिरुलको टुटु, कुरेलीको खरिबोट, जंकोटको माडीचौर र सदरमुकाम लिवाङमा विद्यालय रहे पनि ती विद्यालय पनि निकै टाढा पर्दछन् । 

घर र विद्यालयको दुरी टाढा हँुदा पढाइमा निकै असर गरेको स्थानीय बाल क्लबका सचिव नवीन विकले दुखेसो पोख्नुभयो । हिँड्नमै धेरै समय बिताउनुपर्दा ‘अध्ययनका लागि समय पाइदैन अनि कसरी पढाइमा सुधार हुन्छ, विकले प्रश्न गर्नुभयो । 

गाउँकै विद्यालयमा पढ्न विद्यार्थिलाई सहज होस् भनेर निजी स्रोतमा मावि सञ्चालन गरेको भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थी घण्टौं पैदल हिँड्न बाध्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्रीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य