२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा दैनिक ४ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी

२०७४, १९ फाल्गुन शनिबार ०७:०४

फागुन १९, रोल्पा | अध्ययनका लागि नजिक विद्यालय नहुदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । 

रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु परेको छ । 

रोल्पा नगरपालिका– ९ को फाल्जा, गैराखुटी लगायतका गाउँबाट दैनिक चार घण्टा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । कुवापातल, कर्तम, वेसारवाङ, चोयवाङलगायतका गाउँ पनि विद्यालय भन्दा निकै टाढाको दुरीमापर्ने विद्यार्थीले बताएका छन् । 

लामो पैदलयात्रा हिँडेर माविस्तरको पढाइ पूरा गर्ने वा निमाविस्तरको पढाइ पूरा गरेर पढाइ छोड्ने यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने बाध्यतामा छन्, यहाँका विद्यार्थी । 

उनीहरुका लागि छिमेकी वडामा रहेका अन्य विद्यालय पनि निकै टाढा रहेका छन् । छिमेकी विद्यालयको रुपमा रहेका धवाङको गापा, मिरुलको टुटु, कुरेलीको खरिबोट, जंकोटको माडीचौर र सदरमुकाम लिवाङमा विद्यालय रहे पनि ती विद्यालय पनि निकै टाढा पर्दछन् । 

घर र विद्यालयको दुरी टाढा हँुदा पढाइमा निकै असर गरेको स्थानीय बाल क्लबका सचिव नवीन विकले दुखेसो पोख्नुभयो । हिँड्नमै धेरै समय बिताउनुपर्दा ‘अध्ययनका लागि समय पाइदैन अनि कसरी पढाइमा सुधार हुन्छ, विकले प्रश्न गर्नुभयो । 

गाउँकै विद्यालयमा पढ्न विद्यार्थिलाई सहज होस् भनेर निजी स्रोतमा मावि सञ्चालन गरेको भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थी घण्टौं पैदल हिँड्न बाध्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्रीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस