४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चैनपुरे करुवा सङ्कटमा

२४ बैशाख २०७३, शुक्रबार ०४:४९

योगेन्द्र योगी/बैशाख २४, संखुवासभा
संखुवासभा भौगोलिक विविधताले भरिएको जिल्ला हो ।

यहाँ २८ प्रजातिका लालीगुराँस फुल्ने मिल्के जल्जलेदेखि विश्वको होचो अरुण उपत्यका अवस्थित छ
। मकालु हिमाल आरोहणका लागि आउनेलाई चैनपुरको करुवाले आकर्षित गर्ने गरेको छ ।

देश तथा विदेशमा सय वर्ष अघिदेखि करुवाका लागि प्रसिद्धि कमाएको पूर्वी पहाडी बजार
चैनपुरले पहिचान गुमाउँदै जान थालेको छ । यहाँका व्यवसायीले ४ पुस्तादेखि करुवा बनाउने गरेका भए पनि यति
बेला कच्चा पदार्थ अभावका कारण करुवा लोप हुने अवस्थामा पुगेको छ । देश–विदेशमा कमाएको नाम चैनपुरले
गुमाउँदै गएको छ । करुवा बनाउने पेसा सङ्कटमा परेको स्थानीय व्यवसायीहरु बताउँछन् । कुनै समय सीताराम
बरालले लेखेको ‘करुवाले धानेको चैनपुरको इज्जत’ नरहने भएको छ ।

चैनपुरको इज्जत धान्ने करुवा बन्न छाडेपछि हस्तकला व्यवसाय नै लोप हुन लागेको पदम कुमार
शाक्यले बताए । अहिले आवश्यक कच्चा पदार्थ र युवा जनशक्ति विदेश जान थालेपछि करुवा बनाउने पेशा लोप
हुँदै गएको स्थानिय बताउछन्। उपत्यकाको नाकबहालबाट चैनपुर आएर करुवा बनाउन शुरु गरेका शाक्यहरु सबैले
अहिले पेशा छाडिसकेका छन् । केही समयअघि १२ वटा पसलले करुवा निर्माण गरिरहेका भए पनि कच्चा पदार्थ
अभावले हाल तीन चार जनाले मात्र करुवा बनाउने गरेकोउनी बताउँछन् ।

‘करुवा निर्माणका लागि कोइला, काँस, धातु, मैन, माटो, भुसलगायतका कच्चा पदार्थको आवश्यकता
पर्छ’ शाक्यले भने तर अहिले कोइला पाईदैन जिबिस संग पनि कोइलाको बारेमा धेरै पल्ट कुरा गरिसकेको कसैले
पनि वास्ता नगएको उनले गुनासो गरे ।

अरु कुरा सहज भपनि कोइलाको
अभावले सय वर्षदेखिको प्रसिद्धी सङ्कटमा परेको व्यवसायीहरु बताउँछन् । स्थानीय स्तरमा कोइला नपाइने
भएपछि हाल व्यवसायीहरुले धरानबाट मगाउने गरेको स्थानीय बताउछन् । धातु पगाल्नुपर्ने भएकोले कोइला आवश्यक
हुन्छ तर त्यस्तो कोइला बनाउने जनशक्ति छैन ।

युवाले देश
छाडेपछि गाउँमा कोइला पाइन छाडेको पदम कुमार शाक्य बताउछन् । सामुदायिक वनहरुले जङ्गलमा पस्न नदिने
भएपछि कोइला अभावले व्यवसाय सङ्कटमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट