२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा केराखेतीतर्फ किसानको आकर्षण बढ्दो

२०७४, १९ फाल्गुन शनिबार ११:३१

गोपालप्रसाद बराल/फागुन १९, बर्दिवास | महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसान ‘व्यावसायिक केराखेती’तर्फ आकर्षित भएका छन् । 

कम लागतमा बढी उत्पादन दिन थालेपछि जिल्लाका बर्दिवास, भंगाहा, गौशाला र औरही नगरपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । उन्नत् जातको केराखेती गरेर उनीहरु राम्रो आम्दानी लिन थालेका छन् । 

परम्परागत रुपमा लगाइँदै आइएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायतका केराको ठाउँमा अब किसान खासगरी रोवेष्ट्रा र उन्नत् मालभोग जातको केराखेतीतर्फ बढी आकर्षित भएका छन् । सानो रुख, धेरै हाता लाग्ने ठूलो घरी र स्वादिष्ट भएकाले रोवेष्ट्रा जातको केरा धेरै किसानको रोजाइँमापर्ने गरेकोछ । 

पछिल्ला पाँच वर्षदेखि व्यावसायिक केराखेती गर्दैआएका भंगाहा–४ का किसान सत्यनारायण यादवले आफ्नो प्लटमा उन्नत् मालभोग र रोवेष्ट्रा जातको केरामात्र रहेको बताउनुभयो । अहिले एक बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका यादवले पछिल्ला तीन वर्षमा बर्सेनी रु एक लाखभन्दा बढी आर्जन भएको जानकारी दिनुभयो । 

रोवेष्ट्रा जातको केराको सानो रुख भएका कारण हावाहुरु र फल लाग्दा ढल्ने सम्भावना कम हुने तथा स्वादिष्ट हुनेहुनाले यसको बजार माग बढेको किसानको दाबी छ । रोपेको नौ महिनामा नै पहिलो उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा व्यवसायिक खेतीका लागि उपयुक्त भएको किसानको भनाइ छ । 

एक कठ्ठामा ८० वटा रुख लगाउन सकिने यो केरा स्वादकै कारण उपभोक्ताको पहिलो छनोटमापर्ने भएकाले बिक्रीमा कुनै समस्या भोग्नु नपरेको भंगाहा—६ हतिसर्वा झपौलका किसान छठु महरा बताउनुहुन्छ । 

कम मेहनत र थोरै लगानीमा गर्न सकिने केराखेतीमा पछिल्लो पुस्ताका युवा किसान बढी सक्रिय भएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका बर्दिवास नपाका पशुपतिनगर, पुूलबारीटोल, भंगाहा नपाको रामनगर, हतिसर्वा, गौशाला नपाको बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर तथा औरही नपाका भोइल, सोनामाइ र श्रीपुरसहितका बस्ती केराखेतीका लागि पकेट क्षेत्र मानिन्छन् । 

अहिले जिल्लामा करिब १०० हेक्टर जग्गामा व्यावसायिक रुपमा केराखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश विराजीले बताउनुभयो । एकपटक लगाएको केराले काँटछाँट र उपचार पाइरहे पाँच वर्षसम्म उत्पादन दिने फलपूmल विज्ञको भनाइ छ । 

जिल्लामा अहिले दैनिकजसो केराखेतीबारे परामर्श लिने किसान बढी रहेका छन् । केरा खेतीमा किसानको अभिरुचि र चासो बढ्न थालेकाले अन्य उन्नत् जातका केराका बिरुवासमेत कार्यालयले खोजी गरेर किसानलाई उपलब्ध गराउने तयारी शुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत विराजीले जानकारी दिनुभयो । 

केरा तरकारी र फलका रुपमा खाइने भएकाले दुबै उद्देश्यका लागि फरक÷फरक जातका केरा लगाइनुपर्ने विज्ञले जनाएको छ । केरा तरकारीका लागि स्वादिष्ट, स्वास्थ्यवर्धक र आम उपभोक्ताको रोजाइँमापर्ने भएकाले यो प्रयोजनका लागि बत्तीसा र झपरी जातका स्थानीय केराको खेती उत्तम हुने लामो समयसम्म कृषि सेवामा संलग्न रही अवकास लिनुभएका भंगाहा—६ .हतिसर्वा सग्रामपुरका किसान जासर यादवको अनुभव छ । फलका लागि भने आम उपभोक्ताको जिब्रोमा स्थानीय मालभोग जातको केरा झुण्डिएकाले यसको व्यावसायिक विकासका लागि जिल्ला कृषि विकास कार्यालयले थप पहल गरिदिनुपर्ने आवश्यकता देखिएको किसान जासरको सुझाव छ । 

उन्नत् जातमा भने जिल्लाको हावापानीमा रोवेष्ट्रा खुबै फस्टाएको र यस्को बजार माग पनि राम्रो रहेको कृषि विज्ञ र किसान दुबैले बताएका छन् । फल खाने प्रयोजनमा मालभोगको माग र भाउ दुबै उच्च भए पनि बोटमा अतिनै रोगको संक्रमण हुने भएकाले यस्को खेतीमा निक्कै जोखिम रहेको किसानको गुनासो छ । 

जिल्लामा कृषि कार्यमा समूचित सल्लाह, रेखदेख, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालय, कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको, सल्लाह सुझावका लागि खोज्दा विज्ञ फेला नपर्ने गुणासो किसानको छ । 

केराखेतीलाई व्यावसायीकरण गर्न तरकारी र फलका लागि छुट्टै योजना बनाएर किसानलाई अभिपे्ररित गर्न प्रामाणिक बिरुवा उपलब्ध गराइदिन, खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयले प्रत्यक्ष नेतृत्व लिइदिनुपर्ने किसानको माग छ । 

किसानले खोजेका बेला कार्यालयबाट प्रवाहित हुने खेती सम्बन्धी सबै सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय तयार रहेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला