Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १९ गते, अपराह्न ३:०१ बजे
खोटाङ्ग - KTG

धामी, गीत, संगीत, राजनीति र ब्यापारमा उस्तै: धनिराम नछुंङ

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | फागुन १९, खोटाङ | कला र गलाका धनि हुन् धनिराम नछुंङ, सुन्दा अनौठो लाग्ने नछुंङ शब्दले दिमाग खलबलाए पनि त्यसको नेपाली अर्थ धामी हो । राईहरुले धामीलाई सम्बोधन गरी बोलाउने नछुंङ शब्दले धनिरामको जीबनमा ठूलो उतारचढाव समेत ल्याएको थियो ।

बाल्यकालदेखीको पुर्खौली पेशा नछुंङ (धामी) भएकै कारण झारफुकका काम त गरे नै त्यही आफ्नो पेशा नामको पछाडी राख्दा रण सिं दलगण सिराहबाट गणगान रचनामा पहिलो भएको थिए । तर, ब्यारेकभित्रको जहाँनिय शासन कहाँ हामीजस्तो सानोले चिर्न सक्ने थियौ र गणगान लेखे, पहिलो भए । उनले भने, ‘तत्कालिन सिराहका गणपती ज्ञानेन्द्र बहादुर सापकोटाले खोसिदिए, बल प्रयोग गरेर सिर्जना चोरी दिए ।’ आफ्नो सन्तान खोसिए झै लाग्यो, मर्माहत भए, लामो सुस्केरा लिदै उनले फेरी थपे तर, पनि गीत सिर्जना गर्न हिम्मत हारेको छैन ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका धनिरामले नेपाली सेनामा जागिर खाएका दिनबाट आफ्नो बिगत सुनाए । २०४३ भदौ १४ गते बुबा चन्द्र बहादुर राई र आमा लक्ष्मीमाया साम्पाङको कान्छा छोराको रुपमा जन्मिएका उनको औपचारिक क्षिक्षा सिद्धेश्वरी आधारभुत विद्धालय दिक्तेल मुढेबाट शुरु भएको हो ।

बिद्धालयमा गीत लेख्ने, गाउने, अतिरिक्त क्रियाकलापमा सहभागी जनाइ रहने उनले कक्षा ४ अध्ययन गर्दागर्दै २०५४ सालमा आफ्नै रचनामा रहेको ‘रुपाकोट डाडाँमा न्याउली रोयो’ गीतबाट विद्धालयमा पहिलो भई ३ हजार पाँच सय पुरस्कार जितेका थिए । गीत गाउनुपर्ने रहेछ नाम, ईज्जत, पैसा अनि ज्ञान आर्जनका कुरा त्यहीबाट सिकिने रहेछ भन्ने बुझेका थिए । ३५ सय पुरस्कार जिते पनि बिद्धालयले स्कुल पोशाक लगायतमा कटाएर १५ सय दिंदा मात्रै बालप्रतिभामा अब्बल ठहरीएकाले खुशीको सीमा नरहेको उनले बताए । 

सरस्वती उच्च मावि दिक्तेलबाट २०६० सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका उनले उच्च तहको शिक्षा भने पढेका छैनन् । २०६१ साल मुढेबाट द्धन्द्धकालमा नेपाली सेनामा भर्र्ती भई बर्षदिन तालिम गरेर सिराहमा चारबर्ष, ललितपुरस्थित लेले ब्यारेकमा पाँचबर्ष सेनाको जागिर खाई २०७० सालमा ७ लाख रुपैयाँ लिएर उपदान लिएका धनिराम लगत्तै सोही बर्ष भदौ २९ गते रोजगारीका लागि मलेसिया हाकिएका थिए । आफ्नै घर गाउँमा नै केही गर्नुपर्छ, पराई मुलकमा रोजगारीदेखी ज्यानसम्मको जोखिम मोलेर काम गर्नुभन्दा आफ्नो देश नै ठिक भएको ठहर गर्दै दुईबर्ष २०७२ भदौ २९ गते उनी नेपाल फर्केका थिए । स्वदेश फर्किएका धनिराम गएको मंसिरदेखी मध्यपहाडी यातायात ब्यवसायसंघ खोटाङका संयोजक रहेका छन् । 

कसरी भए धामी ? 

जन्मिएको डेढ बर्षमै जन्मदिने आमाको निधनले विक्षिप्त भएका धनिरामले जीवनमा धेरै संघर्ष गरेका छन् । ‘जन्मदिने आमा पनि बिरामी बच्चा पनि बिरामी’ आमासँग ग्रह नमिलेकै कारण आफ्नो आमाको निधन भएको उनले बताए । आमाको गर्भमा रहंदा नै काम्दै आएको स्थानियलाई उद्धृत गर्दै उनले बिगत कोट्याए । ७ बर्षबाट गाउँघरमा चिन्ता बस्ने, झारफुक गर्न थालेका हुन् । उनले हाल दुई किसिमको धामी काम गर्दै आएका छन् । चुल्हा पुज्ने, सिंहा हान्ने गरेका छन् ।

सञ्चारको विकाससँगै फोनबाट नै मन्त्र जपेर लगानी ठिक पार्ने गरेका छन् । ९५ प्रतिशत आफुले फुकेका मानिसहरु सञ्चो हुने गरेको बताए । लगानी लागेका बिरामीले हातमा ७ दाना चामलको गेडी बोक्नुपर्ने र आफूले फोनबाट फुकीदिने बताए । उनी धामी भएर पनि बिरामीको लगानी मात्रै निको पार्छन लगानी नभएकालाई स्वास्थ्य चौकी तथा अस्पतिाल जान सल्लाह दिन्छन् । 

राजनीति जीवन 

संघीय समाजवादी फोरम खोटाङको जिल्ला सदस्य धनिराम राई एक राजनीतिकर्मी पनि हुन् । समाज परिवर्तन गर्नलाई असल राजनीति खाँचो रहेको बताउँदै गत असार १४ गते भएको ऐतिहासिक स्थानिय निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका थिए । फलत, उनी पराजित भए ।

सांगितिक यात्रा  

बहुप्रतिभाका धनि ‘धनिराम’ सञ्चार माध्यममा नछाएका र मिडियाले नदेखेको खोटाङको उर्जाशिल कलाकार हुन् । संगीतकार, रचनाकार, गायकको तीनै बिधामा पारङगत उनी जिल्लाको बारेमा दशवटा गीत गाएर नयाँ रेर्कड राख्ने तयारीमा छन् । २०७० सालबाट गीत रेर्कडिङ गर्न थालेका उनले ‘बाध्यताले गर्दा गाउँ घर छोड्दै छु’ गीत भने बजारमा ल्याउन सकेनन् । मिक्सिङ नहुदै महाभुकम्पमा हराएको उनले सुनाए ।

‘पाउन नि सकिन तिम्रो जिबनलाई’ ‘घर हाम्रो खोटाङ दिक्तेल बजार’, सुनकोशीको तीरैमा जस्ता गीत गायिका पार्बती राईसँग बजारमा ल्याएका उनले ‘छातीमा पोल्ने ज्वालाहरुलाई हेर्छु म देख्दिन’ भन्ने गीत जिल्लामा चलिरहेको खोटाङ आईडलमा दोश्रो हुनेलाई गाउन दिने जनाएका छन् । नेपाली कलाकार तथा राजनीतिक दल प्रमुखको हुबहु क्यारीकेचर गर्न सक्ने क्षमता भएका उनको अबको योजना भनेको गीत, राजनीति र ब्यापार रहने बताए ।