२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन: फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

२०७४, २० फाल्गुन आईतवार ०५:३२

फागुन २०, चितवन | प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम्मा लगाई छाडिएको छ । 

ढकालका अनुसार उनीहरूलाई फागुन १७ र १८ गते जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । एक अर्काको इच्छा विपरीत जबर्जस्ती रंग, लोला हान्ने, सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सार्वजनिक शान्ति र अमनचयनमा बाधा पु¥याउने र होलीजस्तो पवित्र पर्वलाई अमर्यादित बनाउने जस्ता उच्छृङ्खल गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरिएको हो । 

यसैगरी होली पर्व मनाउने क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, मोटरसाइकलमा दुईजना भन्दा बढी चढ्ने, हेल्मेट नलगाउने तथा अनियन्त्रित गतिमा सवारी चलाउने ४८ वटा मोटरसाइकल नियन्त्रण गरी ट्राफिक नियमअनुसार मोटरसाइकल चालकलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । अघिल्ला वर्षको तुलनामा यस वर्ष होली मर्यादित र शान्तिपूर्ण भएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु