पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २०, झापा | झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेको र उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस