2026-09-19 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: आगोलागीमा परी घाईते भएकी रत्नमायाको मृत्यु

चिसाङ शेर्पा/फागुन २०, खोटाङ | आगोलागीमा परी शक्क्त घाईते भएकी ४५ बर्षिय रत्नमाया सार्कीको ज्यान गएको छ ।

रावाबेंशी गाउँपालिका–३ लामिडाडाँ भञ्ज्याङकी स्थानिय वासिन्दा सार्कीको शनिबार काठमाण्डौबाट घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार उकालोमा ज्यान गएको हो । गएको फागुन–९ गते बिहान आफ्नै घरमा भएको आगोलागीमा परी घाँटी र नाईटोमुनीको भाग अत्याधिक जलेपछि किर्तीपुर अस्पताल काठमाण्डौमा उपचारगरी घर फर्किएका उनको एम्बुलेन्सभित्र ज्यान गएको हो ।

एघार दिनसम्म अपरेशन तथा विभिन्न उपचार गर्दा बिरामीमा सन्तोषजनक सुधार नआएको भतिजा एकराज सार्कीले बताउनुभयो । जलेर थल्लिएकी बिरामी दुईदिन अघिबाट बोल्न छोडेकी थिईन । उनले भने ‘स्वंयम बिरामीले हातको ईशारामा घर जान्छु भनेपछि घर ल्याईएको हो । घर नपुगी संसार त्यागिन ।’

सार्कीको श्रीमान र पाच छोरा र दुई छोरी रहेका छन् । काठ चिर्ने मेसिनमा पेट्रोल हालिरहेको समयमा नजिकै केटाकेटीले लाइटर बाल्दा सुरु भएको आगलागीमा धनबहादुरकी ४५ वर्षीय श्रीमती रत्नमायाँसहित सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख बराबरको क्षती भएको थियो ।

उता, कतारबाट अग्नि पिडित परिवारलाई ३६ हजार ८६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । आगलागीमा सर्वस्व गुमाएका पिडित परिवारलाई रोजगारीको सिलसिलामा कतारमा रहेका १५ जना लामिडाडाँबासी युवाहरुको सहयोगमा संकलित रकम पठाईएको कतारमा कार्यरत रावाबेंशी गाउँपालिका–३ लामिडाडाँका बिनोद बिशङखेले जानकारी दिनुभयो । यसअघि, खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले छ हजार रुपैयाँ सहयोग गरेको थियो । सहयोग रकम काजक्रिया र छोराछोरीको लालनपोषणमा सदुपयोग गरिने परिवारले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई