२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा एक क्विन्टल गाँजासहित दुईजना पक्राउ

२० फाल्गुन २०७४, आईतवार १०:५७

फागुन २०, चितवन | जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो । 

सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि गएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल, सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यसहितको टोलीले गाँजा फेला पारेका हुन् । 

डिजिटारबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ९१०० नंको अटोलाई चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको उहाँले बताउनुभयो । टोलीलाई देख्नासाथ अटोमा रहेका दुईजना भागेको र अन्य दुईजनालाई नियन्त्रणमा लिएर वनको टोलीले प्रहरीलाई बुझाएको थियो । 

पक्राउ पर्नेमा राप्ती नगरपालिका– ४ का २५ वर्षीय राजन तामाङ र ३७ वर्षीय कुमार तामाङ रहेका छन् । दुवैजनालाई लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने ढकालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य