२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा एक महिने निशुल्क अल्लो धागो प्रसोधन तथा कटाई तालिम जारी

२० फाल्गुन २०७४, आईतवार ११:१९

मनिषा राई/फाल्गुन २०, रोल्पा | घरेलु तथा साना उधोग बिकास समिति रोल्पाको आयोजना र घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडी गाउपालिकाको सहयोगमा सन्चालित एक महिने अल्लो धागो प्रसोधन तथा कटाई तालिमको आज छैटौ दिन पनि तालिम जारी छ ।


करिव २ लाख वरावरको आर्थिक सहयोगमा सन्चालित तामिमा बिशेष गरी एकल महिला त्यसमाथि पनि व्यवसायी गर्न चाहनेहरुको लागि लक्षित गरी प्रत्येक वडापालिकाबाट २ जना गरी १० जनाको सहभागिता रहेको तालिममा अल्लो धागो प्रशोधन तथा कटाई संगै बुनाई पनि निरन्तरता दिइएको घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडीगाउपालिक २ का प्रमुख प्रशिक्षक हरिसरा घर्तीमगरले बताउनुभयो ।


उहाका अनुसार निशुल्क रुपमा प्रदान गरीएको तालिममा १ महिनाभित्र सहभागिहरुलाई कटाई संगै स्थानिय उत्पादनमा तयार पारिने कोट, झोला लगायतको सामाग्रीहरु बुनाई सम्बन्धि तालिम समेत दिइनेछ । उहाले प्रत्येक वडा वडामा उधोग स्थापना गरी दुरुपयोग भएका अल्लोलाई सदुपयोग गर्ने उदेश्यले तालिमको सन्चालन गरीएको जानकारी दिनुभयो । साथै उहाले सहभागिहरुको लगनशिलताको आधारमा सिकेको सिपलाई खेर जान नदिनेमा आशाबादी रहेको बताउनुभयो ।

त्यसैगरी तालिममा सहभागि मध्ये माडी गाउपालिका ३ तालावाङ निवासी दिलमाया घर्तीमगरले यस्ता खालका तालिमहरुको निरन्तरता हुनुपर्ने बताउनुभयो । करिव ५ बर्ष पहिले श्रीमान गुमाउनुभएकी दिलमायाले यस भन्दा अगाडि धेरै पैसा खर्च गरेर सिलाई कटाई तालिम लिनुभएको थियो । सिलाई कटाई तालिम पश्चात आफनो सिपलाई व्यवसायकै रुपमा अगाडि बढाइरहनुभएकी दिलमायाले अहिले किराना पसललाई पनि संगसंगै अगाडि बढाउनुभएको छ । आफनो व्यवसायाट नै ७ बर्षिय छोरीको पालनपोषण गर्नुभएकी दिलमाया भन्नुहुन्छ “आफुमा सिप भएपछि जस्तोसुकै परिस्थिति संग पनि जुध्न सकिन्छ । मैले सिलाई कटाई बाट नै छोरीलाई पढाएको छु र म आफनो व्यवसायबाट एकदम सन्तुष्ट पनि छु ।”

घरायसी काम भनेको सबै बुहारीको ठेक्का नै हो भन्ने समाजमा घरपरिवारबाट तालिम सिक्नुहुदैन भन्दा भन्दै पनि एकोहोरो जिद्धिले सिकेको सिपले आज आफुलाई छोरीको पालन पोषणमा सहज भएको उहाले बताउनुभयो । उहा भन्नुहुन्छ “सिलाई कटाई सिप नसिकेको भए सायद आज मेरो कुन हालत हुन्थ्यो होला । जुनसुकै काम पनि गरेपछि असम्भव भन्ने केही छैन ।” धेरै नपढेपनि सिप सिकेर पछिका दिनहरुमा आफु जस्तै एकल महिलाहरुलाई तालिम दिन सकियोस भन्ने उदेश्यले नै तालिममा सहभागिता जनाएको दिलमायाले बताउनुभयो । साथै उहाले निशुल्क रुपमा सन्चालित तालिमले आफुहरुलाई आर्थिक रुपमा पनि फाइदा पुगेको बताउदै उहाले आयोजकलाई समेत धन्यबाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य