२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सात वर्षपछि पुनः कृषि संकायको पठनपाठन

२१ फाल्गुन २०७४, सोमबार ०७:४९

फागुन २१, चितवन | त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । 

सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन । 

जिल्लामा नै कृषि शिक्षा पढाउने उद्देश्यका साथ निरन्तर लागेको त्रिविले यसवर्ष भने पूर्वी चितवनको खैरहनीमा कृषि स्नातक भर्नाका लागि आवेदन माग गरेको हो । त्रिविका उपकूलपति प्रा डा तीर्थ खनियाले चितवनवासीको मागअनुसार लामो समयपछि पुनः कृषि विषय पढाउन लागिएको बताउनुभयो । 

खैरहनी माध्यामिक विद्यालयसँगै रहेका भवनमा हालका लागि पठनपाठन गरिनेछ । उपकुलपति खनियाले खैरहनी नगरपालिका– ४ चैनपुरमा क्रमशः संरचना निर्माण गर्दै लगेर क्याम्पस स्थानान्तरण गरिने बताउनुभयो । सो ठाउँ यसअघि पूर्व माओवादी लडाकुहरु राखिएको ठाउँ हो । 

रामपुरबाट कृषि क्याम्पस बाहिरिएपछि सरकारले चैनपुरमा त्रिविलाई ३५४ बिघा जग्गा र संरचना निर्माणका लागि रकम दिने निर्णय गरिसकेको छ । रामपुरमा ४० बिघा त्रिविलाई दिएर बाँकी सबै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने निर्णय भएको छ । रामपुरमा इन्जिनियरिङ विषयको पढाइ हुनेछ । 

त्रिविका कृषि संकायका डिन केशव अधिकारीले खैरहनीमा प्रयोगात्मक कक्षाका लागि नगरपालिकाले दुई बिघा जग्गा उपलब्ध गराएको बताउनुभयो । अन्य प्रयोगशालामा गर्नुपर्ने प्रयोगात्मक कक्षाका लागि भरतपुरको नेपाल पोलिटेक्निक इन्स्टिच्यूटसँग सम्झौता भइसकेको छ । यसवर्ष कृषि स्नातकमा ५० जना विद्यार्थी पढाउने उहाँले बताउनुभयो । 

वैशाखबाट पढाइ शुरु गर्ने गरी भर्ना प्रक्रिया अघि बढाइएको छ । हाल त्रिविले लमजुङको सुन्दर बजार, भैरहवाको पक्लिहवा र झापाको गौरादहमा कृषि स्नातक पढाउँदै आएको छ । पक्लिहवामा भेटेनरीको समेत पढाइ गरिँदै आएको छ भने इलाममा बिएससी एग्रीकल्चरको पढाइ हुँदै आएको छ ।

त्यसैगरी, सम्बन्धन दिएर दाङको तुलसिपुर, लमही र बैतडीमा कृषि स्नातकको पढाइ हुँदै आएको छ । हाल नेपालमा रहेका कृषि वैज्ञानिक, प्रध्यापक र कृषिका कर्मचारी अधिकांश त्रिविको उत्पादन हुन् । चितवनमा त्रिविलाई कृषि पढाउन वञ्चित गरेपछि त्रिविका उपकुलपति खनिया पुनः जिल्लामा कृषि पढाइ थाल्नु पर्ने भन्दै लागि पर्नुभएको छ । उहाँ चितवनवासी हुनुहुन्छ। रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य