2026-09-19 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा माछा मार्नेलाई जरिवानासहित कानूनी कारबाही

फागुन २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । 

पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो । 

रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने भुत्याखोलामा माछा मार्न रोक लगाइएको स्थानीय सर्वधन राईले जानकारी दिनुभयो । “लोप हुन लागेको असला माछा संरक्षणका लागि समितिसमेत बनाएका छौँ,” उहाँले भन्नुभयो – “संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटे रु पाँचदेखि १० हजार, दोस्रो पटक रु १० देखि २० हजार र तेस्रो पटक रु २० देखि तीस हजार नगद जरिवानासहित कानूनी कारबाही गर्ने निर्णय गरेको छ ।” 

संरक्षण समितिमा आबद्ध स्थानीयवासीले माछा पाइने खोलाहरुको नियमित अनुगमन गर्नसमेत शुरु गरेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्यद्वारहरुमा असला माछासहितको होर्डिङबोर्ड राखिएको समितिले जनाएको छ । 

माछा संरक्षण समितिलाई वडाको तर्फबाट समेत आवश्यक सहयोग हुने वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको छ । 

यसअघि, ती खोलाहरुमा पाइने असला माछा स्थानीयवासीले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलामा पनि प्रशस्त पाइने असला माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई