२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

२०७४, २२ फाल्गुन मंगलवार ०१:५०

फागुन २२, चितवन (रासस) | भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । 

अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । 

यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले क्यान्सर भएको कोशिकाका आसपासका कोशिकालाई पनि असर पार्ने भए पनि लिनियाकबाट भने त्यस्तो जोखिम नहुने उहाँले बताउनुभयो । हाल अस्पतालमा लिनियाक ६०० सिडी र कोबाल्ट ६० बाट सेकाइ गरिँदै आएको छ । ती दुई उपकरणले दैनिक बिहान बेलुका समेत गरेर १३० जनासम्मलाई उपचार गराउँदै आएको आचार्यले बताउनुभयो । 

आउँदो एक महिनाभित्रमा नयाँ उपकरण जडान गरी सेवा थालिने उहाँले बताउनुभयो । यसअघिनै बनिसकेको वंकर (विकिरण बाहिर नजानका लागि निर्मित कोठा) तयार भएकाले उपकरण जडानसँगै सञ्चालनमा आउने छ । यससँगै बिरामी बाहिरका अस्पतालमा धाउन नपर्ने उहाँले बताउनुभयो । क्यान्सर अस्पतालले रु २५ हजारदेखि रु ७५ हजारमा बिरामीको सेकाइको चक्र पूरा गर्ने गर्दछ । निजी अस्पतालमा यसका लागि रु तीन लाखसम्म पर्ने उहाँले बताउनुभयो । 

पुराना उपकरण बिग्रँदै गएपछि केही महिना अघिसम्म क्यान्सर अस्पतालमा एउटामात्र सेकाइ उपकरणबाट उपचार गराइँदै आएको थियो । बिग्रिएकोमध्ये एउटा मर्मतपछि सञ्चालनमा आएसँगै दुईवटा उपकरण सञ्चालनमा रहेका छन् । तीन उपकरण नियमित सञ्चालनमा आएपछि क्यान्सर अस्पताल आएका बिरामीलाई पालो मिलाएर सेकाइ गर्न सकिने आचार्यले बताउनुभयो । 

अस्पतालका रेडिएशन अंकोलोजिस्ट डा शिवजी पौडेलले १० लाख जनसंख्यालाई एउटा यस्तो उपकरण चाहिने भन्दै उहाँले क्यान्सर अस्पताल र अन्य दुई निजी अस्पतालमा मात्र यो उपकरण रहेको बताउनुभयो । 

निजी अस्पतालमा काठमाडौँको काठमाडाँै क्यान्सर सेन्टर र नेपाल क्यान्सर अस्पतालमा मात्र यो प्रविधिको उपकरण रहेको पौडेलले बताउनुभयो । नयाँ उपकरण थपिएसँगै क्यान्सर अस्पताल आउने बिरामीलाई उच्च प्रविधिको सेवा दिन सकिने पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण