२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

२२ फाल्गुन २०७४, मंगलवार ०१:५०

फागुन २२, चितवन (रासस) | भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । 

अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । 

यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले क्यान्सर भएको कोशिकाका आसपासका कोशिकालाई पनि असर पार्ने भए पनि लिनियाकबाट भने त्यस्तो जोखिम नहुने उहाँले बताउनुभयो । हाल अस्पतालमा लिनियाक ६०० सिडी र कोबाल्ट ६० बाट सेकाइ गरिँदै आएको छ । ती दुई उपकरणले दैनिक बिहान बेलुका समेत गरेर १३० जनासम्मलाई उपचार गराउँदै आएको आचार्यले बताउनुभयो । 

आउँदो एक महिनाभित्रमा नयाँ उपकरण जडान गरी सेवा थालिने उहाँले बताउनुभयो । यसअघिनै बनिसकेको वंकर (विकिरण बाहिर नजानका लागि निर्मित कोठा) तयार भएकाले उपकरण जडानसँगै सञ्चालनमा आउने छ । यससँगै बिरामी बाहिरका अस्पतालमा धाउन नपर्ने उहाँले बताउनुभयो । क्यान्सर अस्पतालले रु २५ हजारदेखि रु ७५ हजारमा बिरामीको सेकाइको चक्र पूरा गर्ने गर्दछ । निजी अस्पतालमा यसका लागि रु तीन लाखसम्म पर्ने उहाँले बताउनुभयो । 

पुराना उपकरण बिग्रँदै गएपछि केही महिना अघिसम्म क्यान्सर अस्पतालमा एउटामात्र सेकाइ उपकरणबाट उपचार गराइँदै आएको थियो । बिग्रिएकोमध्ये एउटा मर्मतपछि सञ्चालनमा आएसँगै दुईवटा उपकरण सञ्चालनमा रहेका छन् । तीन उपकरण नियमित सञ्चालनमा आएपछि क्यान्सर अस्पताल आएका बिरामीलाई पालो मिलाएर सेकाइ गर्न सकिने आचार्यले बताउनुभयो । 

अस्पतालका रेडिएशन अंकोलोजिस्ट डा शिवजी पौडेलले १० लाख जनसंख्यालाई एउटा यस्तो उपकरण चाहिने भन्दै उहाँले क्यान्सर अस्पताल र अन्य दुई निजी अस्पतालमा मात्र यो उपकरण रहेको बताउनुभयो । 

निजी अस्पतालमा काठमाडौँको काठमाडाँै क्यान्सर सेन्टर र नेपाल क्यान्सर अस्पतालमा मात्र यो प्रविधिको उपकरण रहेको पौडेलले बताउनुभयो । नयाँ उपकरण थपिएसँगै क्यान्सर अस्पताल आउने बिरामीलाई उच्च प्रविधिको सेवा दिन सकिने पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य