२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

२२ फाल्गुन २०७४, मंगलवार ०२:११

फागुन २२, रत्ननगर, चितवन (रासस) | चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । 

राप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल प्रजाकी श्रीमती ५२ वर्षीया निरमायाँ प्रजा (चेपाङ) को ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

सोमबार साँझ ५:३५ बजे घटना भए पनि प्रहरीलाई भने राति करिब ९:३० बजेतिर मात्रै खबर आएको जनाइएको छ । एक्कासि ढिस्कोले पुरेपछि स्थानीयले ढिस्को पन्छाएर निकालेको केही समयमै उनको मृत्यु भएको स्थानीय शिक्षक बालकृष्ण थपलियाले जानकारी दिनुभयो । सो गाउँ पूर्वपश्चिम राजमार्गको भण्डाराबाट करिब ३५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्छ । 

भूकम्पपीडितका लागि आएको रकमबाट घर बनाउन घडेरी खार्ने क्रममा माथिबाट ढिस्को खसेर उनलाई पुरेको थियो । घटनाको मुचुल्का उठाउन आज बिहान प्रहरी टोली घटनास्थल गएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य