२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा महायज्ञबाट साढे दुई करोड संकलित

२२ फाल्गुन २०७४, मंगलवार ०५:५१

फागुन २२, चितवन | कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख संकलन भएको छ । 

पौराणिक भीमबलि मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, व्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, योग भवन, थारु संग्रहालय र बाल उद्यानसमेत निर्माण गर्ने लक्ष्य छ । 

सोही रकमबाट सो क्षेत्रका विपन्न बोटे, दलित र चेपाङ छात्रछात्रालाई छात्रवृत्तिसमेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका महासचिव भीष्मप्रसाद खनालले जानकारी दिनुभयो । यही फागुन १३ देखि २० गतेसम्म सञ्चालित महायज्ञमा वाचन प्रवीण पं दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन भएको थियो । तेह्र कट्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य