२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा महायज्ञबाट साढे दुई करोड संकलित

२०७४, २२ फाल्गुन मंगलवार ०५:५१

फागुन २२, चितवन | कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख संकलन भएको छ । 

पौराणिक भीमबलि मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, व्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, योग भवन, थारु संग्रहालय र बाल उद्यानसमेत निर्माण गर्ने लक्ष्य छ । 

सोही रकमबाट सो क्षेत्रका विपन्न बोटे, दलित र चेपाङ छात्रछात्रालाई छात्रवृत्तिसमेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका महासचिव भीष्मप्रसाद खनालले जानकारी दिनुभयो । यही फागुन १३ देखि २० गतेसम्म सञ्चालित महायज्ञमा वाचन प्रवीण पं दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन भएको थियो । तेह्र कट्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण