४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

गुराँस फुलेर ढकमक्क आन्तरिक तथा बाह्य पर्यटको घुइँचो

२४ बैशाख २०७३, शुक्रबार २०:१९

योगेन्द्र योगी/ बैशाख २५, संखुवासभा
संखुवासभा, तेह्रथुम र ताप्लेजुंग जिल्लाको संगम स्थल गुँरासको राजधानी तीनजुरे मिल्केमा
गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य
पर्यटक बढन थालेका छन् ।

टीएमजे क्षेत्र अहिले गुराँस फुलेर
राताम्मे भएपछि पर्यटनको घुइँचो लाग्न थालेको छ । गुराँस फुलेको अवलोकन गर्न र दृश्यहरु क्यामेरामा कैद
गर्न आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढेको छ । फागुन महिनामा छिटफुट रुपमा पर्यटक आउने गरेपनि
त्यसपछि दैनिकजसो पर्यटकको सङ्ख्यामा वृद्धि भएको टुटेदेउराली प्रहरी चौकीको तथ्याङ्कमा उल्लेख छ

यस क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसका कारण चचिर्च बनेको
हो । वनपाखा राताम्मे हुने गरी अहिले गुराँस फुलेपछि यो क्षेत्रको पदमार्ग व्यस्त भएको एक होटल संचालकले
बताए । नौ महिना सुनसान हुने यो क्षेत्र गुराँस फुलेसगै यतिबेला पर्यटकीय चहलपहल निकै बढेको स्थानियहरु
बताउछन् । गुराँस हेर्न बिदेशी पर्यट तथा नेपालको काठमाडौं, विराटनगर लगायत तराईका विभिन्न जिल्लाबाट
पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।

अरुण र तमोर नदीको उर्लंदो छालमा र्या्िफ्टङ गरी
सुनसरीको प्रसिद्ध धामिर्म स्थल चतरा आउनेलाई लोभ्याउन सक्ने प्राकृतिक सौन्दर्य बोकेको यो क्षेत्र यति
बेला गुराँस फुलेका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन व्यस्त बनेको छ । टिएमजेमा गुराँसको
सबैभन्दा अग्लो र सबैभन्दा होचो प्रजातिसमेत पाइन्छन् ।

यस
क्षेत्रमा गुराँसका अरू प्रजाति पनि भेटिने सम्भावना रहेको आईयूसीएनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख
छ । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक विविधताका हिसाबले पनि उत्तिकै
महत्त्वपूर्ण रहेको बुद्दिजिबिहरु बताउछन्। शैक्षिक भ्रमणको मुख्य क्षेत्र वनेको टिएमजे क्षेत्रमा
अवलोकनका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको छ भने नया बर्ष मनाउन पनि बिभिन्न ठाउँहरुबाट
मानिसहरु आउने गरेको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता