१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पश्चिमाञ्चकै उत्कृष्ट बन्यो रेडियो शालिग्राम

९ आश्विन २०७२, शनिबार ०९:०८

असोज ९, पर्वत ।  शिक्षा क्षेत्रको प्रबद्र्दन गरेको भन्दै नेपाल पत्रकार महासंघ र शिक्षा विभागले राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट पर्वतको रेडियो शालिग्रामलाई पुरस्कार प्रदान गर्ने भएको छ । पश्चिमाञ्चलको मोफसलमा रहेका थुप्रै रेडियोहरुको माझमा पनि शिक्षा लगायत चेतनामूलक कार्यक्रम उत्पादन र प्रशरणले समाज परिवर्तनमा सकारात्मक भूमिका खेलेको भन्दै रेडियो शालिग्राम सम्मानीत हुन लागेको हो । संस्थागत शिक्षा पत्रकारिता पुरस्कारमा पश्चिमाञ्चल क्षेत्रमा रेडियो शालिग्राम १०० थोप्लो ६ मेगाहर्ज छनौटमा परेको हो । गाउँ देखी बजार क्षेत्रमा शिक्षाको ज्योति फैलाएको रेडियोले पुरस्कार वापत २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । पर्वत जिल्ला संगै पश्चिमाञ्चलका १६ जिल्लामा शिक्षाको उत्थानमा रेडियोले भुमिका खेलेको भन्दै पुस्कार प्रदान गर्ने निर्णय गरिएको शिक्षा बिभागले जनाएको छ । रेडियोले पुरस्कार पाएकोमा बिभिन्न क्षेत्रबाट शुभकामना प्राप्त भएका छन् ।

रेडियोले पश्चिामाञ्चल क्षेत्रमा नै फरक र तथ्यमा आधारित रहेर सूचना, सामाचार तथा कार्यक्रम उत्पादन गर्दै आईरहेको छ । सुचना शिक्षा मनोरञ्जन र खबरदारीको मुद्दालाई प्रमुखताका साथ रेडियोले उठाएर कार्यक्रम समाचार र सुचना सम्प्रेशण गर्दै आएको छ । त्यस्तै पुर्वाञ्चलबाट गणतन्त्र एफएम सुनसरी, मध्यमाञ्चलमा रेडियो सिन्धुलीगढी सिन्धुली,उपत्यकामा मेरो एफएम काठमाडौ,मध्यपश्चिमाञ्चलमा थारुभाषी एफएम बर्दिया र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम कैलाली र नयाँ नेपाल दार्चुला लाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघले शिक्षासँग सम्वन्धित पुरस्कार पाउनेहरुको विवरण शुक्रबार सार्बजनिक गरेको छ । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार२०७१’ यसपटक तीन व्यक्तिलाई संयुक्तरुपमा प्रदान गरिने छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बु र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा प्रदान गरिने महासंघले जनाएको छ । पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ । यसैगरी ‘क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ पूर्वाञ्चलबाट जयकृष्ण यादव र छेटु शेर्पा, मध्यमाञ्चलबाट फणि महत र रामेश्वर कार्की, पश्चिमाञ्चलबाट गगनशीला खड्का र शोभाखर पन्थी, मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल र राजेन्द्र नाथ गरी ५ क्षेत्रलाई सुयक्तरूपमा प्रदान गरिनेछ । सोही पुरस्कार सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाहीलाई तथा काठमाडौं उपत्यकाबाट कोकिला खड्का केसी र रोशन क्षेत्री गाउँलेलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । बैठकले उपत्यकासहित ६ क्षेत्रका २ र २ जना पत्रकारलाई प्रदान गरिने १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति(२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान र वैद्यनाथ यादव, मध्यमाञ्चलबाट राजकुमार गोले, नरेन्द्र सापकोटा र मन्दिरा थापालाई प्रदान गरिनेछ । यस्तै काठमाडौं उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली, पार्वता चौधरी र सइन्द्र राईलाई प्रदान गरिनेछ । त्यस्तै सयुक्तरूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल, कृष्ण खनाल र गोपीराम ज्ञवाली, मध्यपश्चिमबाट अर्जुन ओली र हेमन्त केसीलाई प्रदान गरिने छ । सुदूरपश्चिमबाट मोहन विष्ट र रामबहादुर कुँवरलाई दिइने छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ तर्फ पूर्वाञ्चलबाट गणतन्त्र एफएम सुनसरी, रेडियो सिन्धुलीगढी सिन्धुली, मेरो एफएम काठमाडौं, रेडियो शालिग्राम पर्वत, थारुभाषी एफएम गुर्वावा बर्दिया तथा सुदूरपश्चिमबाट संयुक्तरुपमा टीकापुर एफएम कैलाली र नयाँ नेपाल दार्चुलालाई प्रदान गरिने छ । सो पुरस्कारको राशि बीस हजार रुपैयाँ छ । यसैगरी बैठकले राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार रुपैयाँ राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजनलाई प्रदान गरिने बताएको छ । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै