२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा दुर्घटना कम गर्न चालकको आँखा परीक्षण

२४ फाल्गुन २०७४, बिहीबार ०६:४०

फागुन २४, रोल्पा | जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ । 

नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो । सवारी चालकको कमजोर आँखाका कारण कयौ दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएसँगै रेडक्रश रोल्पाले यो अभियानको थालनी गरेको बताइएको छ । 

चालक र सहचालकले अनिवार्यरुपमा आँखा परीक्षण गर्नुका साथै समस्या देखिए चश्मा र औषधि प्रयोगका लागि अभिप्रेरित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिं पुनले भन्नुभयो । 

शिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सहजीकरणमा ट्राफिक नियमको बारेमा अभिमुखीकरण समेत गरिएको थियो । चालक र सहचालकका लागि ट्राफिक नियमको अभिमुखीकरण तथा आँखा परीक्षण शिविरले जिल्लामा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासनिक प्रमुख यज्ञश्वर आचार्यले प्रतिक्रिया दिनुभएको छ । 

शिविरको पहिलो चरणमा भएको कार्यक्रममा जिल्लाका ३६ जना चालक र सहचालकले आँखा परीक्षण गरेको सामुदायिक आँखा केन्द्र रोल्पाका इञ्चार्ज रेणुका चौधरीले जानकारी दिनुभयो । 

सवारी दुर्घटनाको एक कारण चालक र सहचालकको कमजोर आँखा पनि भएकाले यस्ता शिविरले दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक कृष्णबहादुर विकले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लामा आर्थिक वर्ष ०७२÷०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए । 

यसैगरी आव ०७३÷७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको हालसम्म भएका आठवटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य