2026-09-19 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पाँच महिला सम्मानित

चिसाङ शेर्पा/फागुन २४, खोटाङ | खोटाङमा पाँच महिला सम्मानित भएका छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु सम्मानित भएका हुन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दुर्गाजयन्ती राई,  सोही नगरपालिका–१ दिक्तेलका डिल्लीकुमारी आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका पुर्णमाया तामाङ सम्मानित भएका छन् ।

खेलक्षेत्रबाट जिल्ला तथा राष्ट्रलाई सहयोग पुर्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका राष्ट्रिय कराते खेलाडी बिधाकला राई र जिल्लाबाट पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत सोही नगरपालिका–१ दिक्तेलका पत्रकार शर्मिला बिश्वकर्मालाई जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिएको हो । विक पत्रकार महासंघ शाखा खोटाङका कोषाध्यक्ष हुन् ।   

जिल्लाका सम्पुर्र्ण सरकारी, गैरसरकारी संघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्मानित महिलाहरुलाई १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, बिशेष अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीले सम्मानपत्र, ५ हजार ५ सय ५५ सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रम अघि दर्जनौ महिला तथा जिल्लाका राजनीतिक दल, बुद्धिजीवीले दिक्तेल हाँटडाडाबाट जिल्ला समन्वय समितिको समिक्षालय हलसम्म महिला हक अधिकारको जोडदार नारा लगाएका थिए । जहाँ छोरीको जित त्यहाँ समाजको हित, मानब अधिकार संरक्षणमा एकबद्ध हौ, कसैको पनि कसैले मानब अधिकार हनन नगरौ, लैंगिक हिंसा विरुद्ध एकजुट हौ, महिला हिंसा अन्त्य गरौ लगायतका प्लेकार्डका साथमा महिला अधिकारको नारा लगाईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई