Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउराली यातायातको वनभोज कार्यक्रम सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फाल्गुन २५, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका भलिवल खेलाडीहरुको आयोजनामा आज सन्धिखर्क लदाममा बनभोज कार्यक्रम सम्पन्न भएको छ । बनभोज कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला, देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष योगेन्द्र बहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चन्द्रिका चौधरी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरे लगायको बाक्लो उपस्थिती रहेको थियो ।&nbsp;</p><p>बनभोज यहि फागुन १३ र १४ गते भूमिकास्थान नगरपालिका वडा नं. ४ मकैडाँडा र फागुन १७ र १८ गते भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोट बुदुन्मारामा आयोजना गरिएको जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगितामा देउराली यातायात व्यवसायीको समुह प्रथम स्थान हासिल गरेको खुसीयालीमा आयोजना गरिएको थियो ।</p><p>कार्यक्रममा अध्यक्ष योगेन्द्र बहादुर खड्काले अर्घाखाँचीमा यातायातको क्षेत्रमा गुणस्तरी र भरपर्दो सेवा प्रवाह गरेको देउराली यातायात व्यवसायी समितिले अव जिल्लाको खेलकुद विकासको क्षेत्रमा पनि टेवा पु¥याउदै जाने र एक दिन जिल्लामा उत्कृष्ट भलिवल समुह स्थापना गरि देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले जिल्लाकै गरिमा बढाउने प्रतिक्रिया दिनुभएको थियो ।</p>