२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यूएन्टोले गर्यो जिशिअलाई स्वागत

२०७२, २४ आश्विन आईतवार ०८:०२

असोज २४, पर्वत / एकिकृत अखिल नेपाल शिक्षक संघ(यूएन्टो)ले भर्खरै मात्र जिल्लामा सरुवा भै आएका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई एक कार्यक्रमका विच स्वागत गरेको छ । कार्यक्रममा बोल्दै जिशिअ पौडेलले जिल्लाको शिक्षा क्षेत्रलाई अगाडी बढाउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् । आफ्नो जन्म थलो र कर्म थलो दुबै भएका कारण आफुलाई जिम्मेवारी बढेको समेत उनले बताए ।

जिल्लामा रहेका विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग र सहकार्यमा आफुले जिल्लाको शिक्षा पद्धतिमा भएका कमि कमजोरीको पहिचान गरी सोही अनुरुप कार्य गर्ने बताए । यूएन्टोका अध्यक्ष आनन्दराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको शैक्षिक पद्धतिमा राजनीतिकरण हुन नदिनको लागि आग्रह गरेका थिए । शिक्षक सरुवा देखि लिएर नियुक्तिसम्म राजनीतिकरण हुने गरेको भन्दै बक्ताहरुले शिक्षा क्षेत्रमा राजनीतिकरण हुदाँ बालबालिकाको भविश्यमानै अन्योलमा पर्ने भन्दै राजनीतिकरण हुन नदिनको लागि समेत आग्रह गरेका हुन् ।

शिक्षकले आफुलाई सजह हुने भन्दै नजिक र आफुले रोजेको विद्यालयमा जान खोज्ने गरेका कारण पनि सरुवामा समेत राजनीतिकरण हुने गरेको उनीहरुको तर्क थियो । कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनका शंकर गिरी, यूएन्टोका केन्द्रिय सदस्य घनश्याम लामिछाने, उपाध्यक्ष पूर्णचन्द्र काफ्ले, उद्योग बाणिज्य संघ पर्वतका सदस्य तिला गिरी लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन संगठनका सचिव इन्द्रप्रसाद तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न