४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा शैक्षिक विकासका लागि ४२ बुँदे घोषणापत्र जारी

२७ फाल्गुन २०७४, आईतवार ०२:३०

फागुन २७, ताप्लेजुङ (रासस) | ताप्लेजुङका शैक्षिक संस्थालाई सिकाइ केन्द्रका रुपमा विकास गर्दै सरोकारवालाको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्न ४२ बुँदे घोषणापत्र जारी गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको समन्वयमा माध्यामिक तहका प्रधानाध्यापकको नेतृत्व विकाससम्बन्धी सञ्चालित दशदिने तालीमको शनिबार समापन सँगै यस्तो घोषणापत्र जारी गरिएको हो । 

समतामूलक, समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तालीममा सहभागी ५८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले शैक्षिक, भौतिक र सुशासन पक्षको सुधार र विकासमा सम्बन्धित ४२ वटा बुँदालाई कार्यान्वयन गर्ने सहमति जनाए सँगै घोषणापत्र जारी गरिएको हो । स्थानीय पाठ्यक्रम प्रारुपका आधारमा स्थानीय परिवेश र आवश्यकता अनुसारको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, विद्यार्थीको स्तरअनुसार सन्दर्भ सामग्री भएको कक्षागत बुक कर्नर तथा पुस्तकालयको व्यवस्थापन गर्ने, विद्यालयमा विपद् व्यवस्थापनको योजना बनाई कार्यान्वयन गर्ने लगायतका बुँदाहरु घोषणापत्रमा समेटिएका छन् । 

यस्तै निरन्तर विद्यार्थी मूल्यांकनका मापदण्डअनुसार पाठगत योजना निर्माण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइ उपलब्धि अभिवृद्धि सुनिश्चित गर्नेसमेत उल्लेख छ । रिड नेपाल ताप्लेजुङको आयोजनामा भएको उक्त तालीम शैक्षिक जनशक्ति विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय ताप्लेजुङ र स्थानीय सरकारको समन्वयमा सदरमुकाम फुङलिङमा सञ्चालन भएको रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ