2026-09-08 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

प्रेस काउन्सिल संघीय संरचनामा जाने

फागुन २७, लमजुङ | मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ । 

पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यमा काउन्सिलका सदस्य सुदर्शन आचार्य, नवलकिशोर यादव, शुभेच्छाविन्दु तुलाधर र खिलबहादुर भण्डारी हुनुहुन्छ । 

काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको बैठकले पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गरी पत्रकारिता क्षेत्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र स्थानीय तहसँग समन्वय गर्न काउन्सिलका सदस्य गोविन्द चौलागाईंलाई जिम्मेवारी दिएको छ । 

पर्यटकीय गाउँ काउलेपानीलगायत लमजुङका सबै पर्यटकीय गाउँको विकास र प्रवद्र्धनका लागि काउन्सिलले पहल गर्ने निर्णय भएको सूचना विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य सचिव वीरबहादुर राईले जानकारी दिनुभयो । बैठकअघि काउन्सिल पदाधिकारी र महासंघका अध्यक्षले स्थानीय पत्रकारसँग अन्तक्र्रिया गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल