२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जननेत्र उमाविमा विद्यालय पुननिर्माण र छात्रबृत्तिका लागि सहयोग प्रदान

२६ आश्विन २०७२, मंगलवार ०५:५३

असोज २६, पर्वत / जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उच्चमाविको पुननिर्माणका लागि अभिभावकहरुबाट सहयोग प्रदान गर्ने क्रम निरन्तर चलिरहेको छ । भौतिक निर्माणका साथै विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि यहाँका अभिभावकहरुले नगद रकम सहयोग गरेका छन् ।

11

विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच हाल अमेरिकामा रहेका विद्यालयका भुतपूर्व विद्यार्थी राजेन्द्र प्रसाद शर्मा चापागाईका पिता एवं देउपुर गाविस वडा नं ५ निवासी समाजसेवी प्रकाशचन्द्र चापागाईले नगद पचास हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् । गत बैशाखमा गएको महाभुकम्पले क्षतिग्रस्त भएको विद्यालयको पुन निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले आफूले सो रकम प्रदान गरेको चापागाईले बताउनु भयो ।

12
यसैगरी उक्त कार्यक्रममा देउपुर गाविस वडा नं ६ निवासी शालिकराम चापागाई र मेक कुमारी चापागाईले विद्यालयमा अध्ययन गर्ने जेहेन्दार, दलित र गरीब परिवारका छात्रछात्राहरुलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गर्नका लागि पचास हजार रुपैयाँको नर शालिक मेक छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको छ । उक्त रकमको व्याजबाट प्रत्येक बर्ष कक्षा १ देखि ९ सम्मका बिद्यार्थीहरुबाट चार जना छनौट गरी छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । साथै उक्त चापागाई परिवारले विद्यालयको पुननिर्माणका लागि १० हजार नगद रकम समेत प्रदान गरेको छ ।

13
सहयोग रकम हस्तान्तरण पछि सहयोग दाताहरुलाई विद्यालयले अबिर माला र दोसल्लाका साथ सम्मान पत्र प्रदान गरेको थियो । उक्त कार्यक्रममा राम्जा देउराली गाविस वडा नं १ घर भई हाल देउपुर पातिचौर निवासी समाजसेवी तुलसी प्रसाद शर्मा, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक रुद्र प्रसाद तिमिल्सिना , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ र विद्यालयका प्राचार्य दिपक शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।

14

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु