९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संजीवनी बचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

२६ आश्विन २०७२, मंगलवार १३:२६

भूमीराज शर्मा, असोज २६, पर्वत/ जिल्लाको देउपुर गाविस वडा नं ९ पातिचौरमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाा लिमिटेडको सातौ साधारण सभा मंगलबार सम्पन्न भएको छ । सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले सहकारीहरुले निम्न वर्गका मानिसहरुको आयआर्जनमा महत्वपूर्ण भूमिका खेलिरहेको विचार व्यक्त गर्नुभएको छ । उहाँले सहकारीहरुले आफ्नो समाजप्रतिको उत्तरदायित्वलाई सदैब स्मरण गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयोे ।

sahakari

देशभित्रै रहेका उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै नागरिकहरुलाई स्वाबलम्बी बनाउने दिशामा सहकारीका कार्यक्रमहरु लक्षित हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लामिछानेले संजीवनी सहकारीले आर्थिक क्षेत्रको साथै सामाजिक क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो । उक्त साधारण सभामा सहकारीले देउपुर गाविसका जेष्ठ बृद्ध बृद्धाहरुलाई दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गरेको थियो भने एकल महिलाका बालबालिकाहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको थियो ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष सागर जिसीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । उक्त प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा संस्थाका कर्मचारी शान्ति कुमारी शर्मा, गत आबमा उत्कृष्ट निक्षेपकर्ताहरु , र असल ऋणिहरुलाई सम्मान गरिएको थियो ।

सोे अवसरमा संस्थाका पूर्व अध्यक्ष प्रेम पौडेल, पातिचौर र डिमुवा क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई स्वागत टिकाराम पौडेलले र संचालन संस्थाका सचिव बाबुराम तिमिल्सिनाले गर्नु भएको थियो । सहकारीको कुल शेयर पुँजी रु. ४५,११,७४२ रहेको छ भने जम्मा लगानी ७६,५१,२९५ र खर्च ११, १८, ९८९ रहेको संस्थाले जनाएको छ । सहकारीमा हालसम्म १४३ जना शेयर सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित यस्ता छ, आज विदेशी मुद्राको विनिमय दर ! कास्की जिल्ला अदालतमा आज पनि रवि लगायतसँग बयान जारी आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ