दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै न"/>

2026-08-31 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

फागुन २८, चितवन | भरतपुर अस्पतालले आफँैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । 

दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार रु एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । 

वार्षिक अक्सिजन खरिदमा रु ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण गरिएको उहाँले बताउनुभयो । 

पाइपलाइनमार्फत अस्पतालका अक्सिजन आवश्यक पर्ने विभागमा आपूर्ति गरिएपछि सिलिण्डरमा निर्भर हुन नपर्ने भएको उहाँले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गतवर्ष स्वास्थ्यमन्त्री गगनकुमार थापा हुँदा नै बजेट विनियोजन भएको भए पनि बढी पैसा बोलपत्र हाल्नेले मुद्दा दिएपछि काममा ढिलाइ भएको बताउनुभयो । 

रु एक करोड ९२ लाख बोलपत्र हालेको कमलेश इन्टरप्राइजेजले रु एक करोड ४६ लाख टेण्डर हाल्ने टेक्निकल एशोसिएट्स सर्भिसेज प्रालिले प्रक्रिया नपु¥याएको भन्दै मुद्दा हालेपछि समयमै फैसला नहुँदा काममा केही ढिलाइ भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पूर्वमन्त्री थापाले अक्सिजन खरिद गर्ने पैसाले प्लान्ट नै निर्माण गर्न सकिने भएकाले तत्काल काम गर्न बजेटसहित निर्देशन दिनुभएको थियो । अस्पतालमा भर्ना भएका ६०० बिरामी, छ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया गरेका बिरामी, २० वटा सघन उपचार कक्षमा रहेका बिरामी, १२ वटा शिशु सघन उपचार कक्षमा रहेका बिरामी, ६० शय्याको मेडिकल वार्ड र १५ शय्याको वृद्धवृद्धाको वार्डमा अक्सिजन आपूर्ति गरिएको उहाँले बताउनुभयो । 

अस्पतालका बायोमेडिकल इन्जिनियर लीलाम्बर चौधरीले अस्पताललाई २४ घण्टामा २४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले जडान गरेको प्लान्टबाट २४ घण्टामा सात लाख २० हजार लिटर उत्पादन हुने बताउनुभयो । यो प्लान्टबाट ५०० लिटर प्रतिमिनेट (३० एनएमक्यू प्रतिघण्टा) उत्पादन हुने चौधरीले बताउनुभयो । 

डेनमार्कको अक्सिमेट कम्पनीले उत्पादन गरेको यस प्लान्टबाट पाइपलाइन र सिलिण्डर दुवैमा ग्यास आपूर्ति एवं भर्न सकिनेछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मरासिनीले जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने गरी उत्पादनको क्षमता रहेको बताउनुभयो । उहाँका अनुसार सरकारी तवरमा सम्भवतः काठमाडौँको वीर अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि भरतपुर अस्पतालमा प्लान्ट जडान भएको हो । 

कतिपय अस्पतालले बिरामीसँग अक्सिजन शुल्क लिने गरेको भए पनि भरतपुर अस्पतालले यसअघि पनि शुल्क नलिएको र अब पनि लिनुनपर्ने भएको मरासिनीले बताउनुभयो । हावामा अक्सिजन, नाइट्रोजन र अन्य ग्यास हुने गर्छ । अन्य ग्यासलाई हटाएर अक्सिजनमात्र बाहिर निकाल्ने प्रेसर स्विङ एडजप्सन प्रविधिबाट अक्सिजन ग्यास बाहिर निकाल्ने गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग