Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इलाम: आगलागीबाट रु १५ लाख बराबरको क्षति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २८, इलाम | इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट रु १० लाखबराबरको घर, रु तीन लाख नगद, रु ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो ।

आगो के कसरी लागेको भन्ने पहिचान हुन भने नसकेको उहाँले बताउनुभयो । “घरमा बत्ती पनि नभएको र आगो पनि नबालेको समयमा आगलागी हुनु आश्चर्यजनक रहेको छ”, उहाँले भन्नुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस